ओली नेतृत्व सरकारको एक वर्षमा थपियो दुई खर्ब बढी सार्वजनिक ऋण | Khabarhub Khabarhub

ओली नेतृत्व सरकारको एक वर्षमा थपियो दुई खर्ब बढी सार्वजनिक ऋण


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–८१ को एक वर्षको अवधिमा राज्यको सार्वजनिक ऋण दुई खर्ब बढीले वृद्धि भएको छ । गत आर्थिक वर्षको साउनको सुरुमा २४ खर्ब ३८ अर्ब ४८ करोड ८७ लाख सार्वजनिक ऋण गत आवको असार मसान्तसम्म २६ खर्ब ६९ अर्ब ५७ करोड ७० लाख रुपैयाँ पुगेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारको एक वर्षको अवधिमा दुई खर्ब ३१ अर्ब ८ करोड ८३ लाख रुपैयाँ सार्वजनिक ऋण बढेर कुल गार्हस्थ्य उत्पादनको आधारमा ४३.७१ प्रतिशत पुगेको छ ।

गत आवको एक वर्ष अवधिमा सरकारको आन्तरिक ऋण १२ खर्ब ६३ अर्ब ६ करोड ४५ लाख रुपैयाँ अर्थात् कुल गार्हस्थ्य उत्पादनको २२.१४ प्रतिशत पुगेको छ । त्यस्तै, बाह्य ऋणतर्फ १४ खर्ब १ अर्ब ३५ करोड २८ लाख अर्थात् कुल गार्हस्थ्य उत्पादनको २४.५६ प्रतिशत छ ।

सरकारले गत आवमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर, गत आवको असार मसान्तसम्म ४ खर्ब ५५ अर्ब ३९ करोड ६ लाख रुपैयाँ मात्र परिचालन गर्न सफल भएको थियो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार गत आवमा सरकारले ३ खर्ब २९ अर्ब ९९ करोड ७ लाख रुपैयाँ आन्तरिक ऋण र १ खर्ब २५ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ बाह्य ऋण परिचालन गरेको थियो । जबकी गत आवमा सरकारले आन्तरिकतर्फ ३ खर्ब ३० अर्ब र बाह्यतर्फ २ खर्ब १७ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो ।

सरकारले गत आवमा ३ खर्ब ६२ अर्ब ५९ करोड ऋण भुक्तानी गरेको छ । सो आवमा सरकारले ऋण भुक्तानीका लागि ४ खर्ब २ अर्ब ८५ करोड बजेट विनियोजन गरेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १० : २८ बजे

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।

सिजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न

काठमाडौं– सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको

रुसको लेनिनग्रादमा रेल दुर्घटना, एक जनाको मृत्यु

मस्को– रुसको लेनिनग्रादमा आइतबार बिहान दुईवटा रेल आपसमा ठोक्किएर भएको

राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आइतबार स्वीकृत