बागमती प्रदेश कांग्रेस विवाद : दुई सांसदबाट दलका नेता लामाविरुद्धको हस्ताक्षर फिर्ता « Khabarhub

बागमती प्रदेश कांग्रेस विवाद : दुई सांसदबाट दलका नेता लामाविरुद्धको हस्ताक्षर फिर्ता


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशमा नेपाली कांग्रेसका दुई सांसदले दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको हस्ताक्षर फिर्ता लिएका छन् ।

कांग्रेस प्रदेश सांसदद्वय मिना पराजुली र माया श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै दलका नेता लामाविरुद्धको अविश्वास प्रस्तावका विषयमा कुनै जानकारी नै नगराई आफूहरूलाई हस्ताक्षर गराइएकोले त्यसमा आफूहरूको असहमति रहेको उल्लेख गरेका छन् ।

उनीहरूले उक्त प्रक्रियामा आफूहरू सामेल नरहेको र हस्ताक्षर फिर्ता लिई दलका नेता लामालाई समर्थन यथावत् रहेको जनाएका छन् ।

लामाविरुद्धको अविश्वास प्रस्तावका बारेमा आजको संसदीय दलको बैठकले टुङ्गो लगाउने बताइएको छ । 

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १० : ४३ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने