राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण « Khabarhub

राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ ।  

एक महिनामा यति ठूलो संख्यामा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण हुनु नेपालको स्वास्थ्य क्षेत्रको लागि ठूलो उपलब्धि भएको अस्पतालका कार्यकारी निर्देशक तथा मिर्गौला र कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.पुकारचन्द्र श्रेष्ठले बताए । 

आर्थिक वर्ष २०८१ ८२ मा केन्द्रले १८६ जनाको मिर्गौला र ८ जनाको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरेको जनाएको छ । 

विभिन्न प्रदेशबाट मिर्गौला आएका बिरामीको उमेर संख्या १४ देखि ७१ रहेको र सफलतापूर्वक मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको अस्पतालले जानकारी दिएको छ । 

उक्त आर्थिक वर्षमा नै केन्द्रले एक मस्तिष्क मृत्यु भएका युवकको मिर्गौला र कलेजो २ व्यक्तिमा सफलतापूर्वक मिर्गौला र कलेजो प्रत्यारोपणसमेत गरेको थियो ।

स्थापना भएको १३ वर्षमा राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १४७१ जनाको मिर्गौला र ३४ जनाको कलेजो प्रत्यारोपण भएको छ । 

केन्द्रकै अगुवाइमा आर्थिक वर्ष २०८१ ८२ मा प्रादेशिक अस्पताल सुर्खेतमा ३, पोखरामा ३ र भेरी अस्पतालमा २ जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ११ : ०७ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ