बागमतीका खानेपानीमन्त्री खड्काले दिए राजीनामा « Khabarhub

बागमतीका खानेपानीमन्त्री खड्काले दिए राजीनामा


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका खानेपानी तथा ऊर्जा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिएका छन् । उनले मंगलबार मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र बुझाएका छन् ।  

यसअघि साउन ९ गते नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले पनि राजीनामा दिएका थिए । सोही दिन मुख्यमन्त्री लामाले राजीनामा दिएका चारै मन्त्रीलाई बर्खास्त गरेका थिए । 

१४ वटा मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा मुख्यमन्त्री लामासहित कांग्रेसबाट आठ जना सहभागी थिए । अब उनीसँगै हरिप्रभा खड्की सामाजिक विकास र कुन्दनराज काफ्ले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा छन् । 

मुख्यमन्त्री लामालाई पार्टी संसदीय दलको नेताबाट हटाउन २१ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव पेस गरिएको छ । उक्त संख्या कुल प्रदेशसभा सदस्यको बहुमत रहेकाले लामालाई नेताबाट हटाएर बानियाँलाई प्रदेशसभा संसदीय दलको नेता चयन गर्न माग गरिएको छ । 

११० सदस्यीय वागमती प्रदेशसभामा कांग्रेसका ३७ सदस्य रहेका छन् । अविश्वास प्रस्ताव दर्ताको समयमा २१ जना मध्ये १८ जना प्रदेशसभा सदस्यहरु सहभागी थिए । तीन जना प्रदेशसभा सदस्यहरूले हस्ताक्षर गरे दलको कार्यालयमा उपस्थित थिएनन् । 

२१ जना प्रदेशसभा सदस्यहरूले दलको नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री लामाको पद धरापमा परेको छ । यद्यपि, हस्ताक्षर गर्ने २१ मध्ये दुई प्रदेशसभा सदस्य (मीना पराजुली र माया श्रेष्ठ)ले मुख्यमन्त्री लामालाई नै समर्थन गर्ने बताइसकेका छन् । 

दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री लामाले विधानअनुसार बहुमत सदस्यको समर्थन रहेको सिद्ध गर्नुपर्ने हुन्छ । प्रदेश संसदीय दलको विधानको धारा १८ अनुसार अविश्वासको प्रस्ताव दर्ता भएपछि १५ दिनभित्र दलको बैठक बोलाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ११ : २६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल