पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाको उम्मेदवारी | Khabarhub Khabarhub

पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाको उम्मेदवारी


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्। ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्धनको लागि मेरो उम्मेदवारी’ भन्ने नारा सहित शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

संघको निर्वाचन भदौं ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदैछ। संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै शेर्पाले संघको विधान र परिधि भित्र रहेर आफ्नो सदस्यहरूको हकहित संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाए। संघको सदस्य भएको गर्व महसुस प्रत्येक सदस्यले गर्ने गरी सरकारसँग समन्वय गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उकास्न विभिन्न परियोजनाहरू सञ्चालन गर्ने उनले बताए। यस्तै आरोहीहरूको हकहित संरक्षणका लागि र आपतकालीन उदारका लागि आरोही कल्याणकारी कोषलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए। हाल सरकारले यो कोष बनाउने घोषणा गरेपनि पूर्णता पाउन सकिरहेको छैन।

हिमाल सम्बन्धी अध्ययन गर्ने राम्रो विद्यालयहरू र विश्वविद्यालय नभएको कारणले धेरै नेपालीहरूले विदेशमा गएर पढ्नु पर्ने र सिक्नु पर्ने बाध्यता रहेको उनले बताए।

 ‘अहिले पर्वतारोहण सम्बन्धी पढाइ भने केही कलेजमा हुन्छ। तर, विश्व विद्यालयकै रुपमा नेपालमा नभएकोले माउन्टेन एडभेन्चर युनिभरसिटी खोल्नका लागि सुरुवात गर्ने छु’, अध्यक्षका आकंक्षी शेर्पाले भने ‘माउन्टेन टुरिजम युनिभरसिटी नेपालमा खोल्न सकियो भने सम्पूर्ण आरोहण गतिविधि सम्बन्धी पढ्न जाने हजारौं युवाहरूले नेपालमै पढ्न पाउछन्।’ अहिले पनि केही युवाहरूले अन्तर्राष्ट्रिय माउन्टेन गाइड एसोसिएसन महासंघ (युआइएजीएम)का सदस्य लिएका छन्। 

ती युवाहरूले स्प्रिङ र अटम सिजनमा नेपालमा काम गर्छन र विन्टर सिजनमा संसारभर गएर काम गरिरहेको उनले बताए। 

‘यो अध्ययन नेपालमै हुने वातावरण सिर्जना भएमा ती युवाहरू विदेशमा गएर काम गर्नुपर्ने बाध्यता नै हट्छ। यही बसेर लाखौं रुपैयाँ काम गर्न सक्छन्। नेपालमै राम्रो विश्वविद्यालय सञ्चालन गर्न सके विश्वभरका विद्यार्थीहरु समेत यहि पढ्न आउछन्,’ अध्यक्षका उम्मेदवार शेर्पाले भने ‘किन कि हामी कहाँ त विश्वविद्यालय मात्र हैन उनीहरूले तालिम पनि संसारकै सबैभन्दा अग्लो हिमालमा गर्न पाउछन्। जुन विदेशमा छैन।’ 

पर्वतारोहण संघको पहलमा माउन्टेन टुरिजम युनिभरसिटी सञ्चालन गर्न सकेमा विश्वका लागि गर्वको विषय हुने छ र विदेशीहरुलाई अध्ययनका लागि पनि ल्याउन सकिन्छ भन्ने उदाहरण हुनसक्ने उनले बताए।

‘विश्वमा नेपालले दिन सक्ने सबैभन्दा ठूलो परिचय भनेकै माउन्टेन टुरिजम हो। जहाँ विश्वमा नभएको हिमाल हामीसँग छ, यसको भूमिका पर्वतारोहण संघले गर्नुपर्छ र मेरो प्रमुख एजेण्डा नै यही छ’ उनले भने।

विश्वकै सबैभन्दा अग्लो सगरमाथा हिमाल रहेको मुलुकमा अहिलेसम्म सुविधा सम्पन्न आरोहण सम्बन्धी तालिम केन्द्र छैन। त्यसका लागि उत्कृष्ट खालको तालिम केन्द्र सञ्चालन गर्ने उनले प्रतिबद्धता जनाए।

हाल कोङबुचे, थामे, मनाङ, पोर्चे लगायतका ठाउँमा तालिम केन्द्र सञ्चालनमा रहेपनि समन्वयकारी भूमिका पर्वतारोहण सघंले गर्न नसकिरहेको अवस्थामा त्यसलाई साथमै लिएर उत्कृष्ट बनाउने तर्फ ध्यान केन्द्रित गर्दै त्यसलाई अझ राम्रो बनाउदै अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रको रुपमा विकास गरी विदेशीहरुलाई समेत नेपालमा ल्याउने वातावरण मिलाउने उनको भनाइ छ।

‘प्रकृतिले नेपालमा सबैभन्दा अग्लो हिमाल दिएको छ र ८ हजार भन्दा माथिका धेरै हिमालहरू नेपालमै छन्। तर, नेपालीहरूले राम्रोसँग हिमाल सम्बन्धी पढ्न नपाएको कारणले अहिले पनि धेरै विदेशी टुर गाइडहरू नेपालमा आएर काम गरिरहेका छन् र सिकाइरहेका छन्’ शेर्पाले भने ‘अब नेपालीलाई नै सक्षम बनाउने मेरो अभियान हो।’


विश्व किर्तिमानीहरुलाई विमानस्थलमा विषेश सुविधा
अध्यक्षमा निर्वाचीत भएपछि हिमाल आरोहण गरेर विश्व किर्तिमानी राखेकाहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलहरूमा विषेश सुविधा उपलब्ध गराउनका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

 ‘विश्व किर्तिमानी भनेको सामान्य विषय हैन, त्यसैले रेकर्डधारीहरुलाई विषेश सम्मान दिनका लागि विमानस्थल आवतजावतमा छुट्टै व्यवस्था गरेर आफ्नो किर्तिमानी प्रति गर्व महसुस गर्ने वातावरण मिलाउने प्रतिबद्धता मेरो छ’ शेर्पाले भने ‘उहाँहरुको शिर ठाडो हुनु भनेको आम नेपालीको शिर ठाडो हुनु हो, त्यसैले किर्तिमानी आरोहीहरूको सम्मानका लागि सरकारसँग विषेश पहल गरेर निर्णय गरी कार्यान्वयनमै लैजाने छु।’

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १२ : ४० बजे

बागमती कांग्रेसमा फेरि बहादुर र इन्द्रको ‘भिडन्त’

काठमाडौं– नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेताका लागि मुख्यमन्त्री

बागमती प्रदेश सरकारमा तीन मन्त्री नियुक्त

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीनजना मन्त्री नियुक्त गरेका

हेटौँडाको न्यायिक समितिमा एक वर्षमा १४३ उजुरी फर्छ्यौट

बागमती– हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो