विदेशिने लर्को देख्दा भविष्यको चिन्ता लाग्छ « Khabarhub

विदेशिने लर्को देख्दा भविष्यको चिन्ता लाग्छ

गायक कमल खत्रीसँग भिडियो सम्वाद



काठमाडौं – कमल खत्री नेपाली आधुनिक पप संगीतको क्षेत्रमा स्थापित एवं लोकप्रिय गायक, गीतकार र संगीतकार हुन्। हेटौंडामा ०४० मङ्सिर २४ गते जन्मिएका खत्रीले आफ्नो संगीत यात्रा ०६२ सालदेखि रेडियो नेपालको आधुनिक गीत प्रतियोगिताबाट सुरु गरेका थिए।

खत्री नेपाली संगीत उद्योगमा आधुनिक गीत विधाका अग्रणी कलाकार मानिन्छन्। ‘आत्मामा’, ‘पहिलो माया’, ‘फिक्का फिक्का’, ‘जाउला रेलैमा’ जस्ता उनका गीतहरूले दर्शक-श्रोतामाझ अत्यधिक लोकप्रियता प्राप्त गरेक‍ा छन्।

आवाजको मिठास, सरल लय र गहिरो भावनात्मक प्रस्तुतिले कमल खत्रीलाई नेपाली पप संगीतको पहिचान बनाएको छ।

पेशागत रूपमा उनी गायक मात्र नभई कुशल संगीतकार र गीतकार पनि हुन्। उनले विभिन्न नेपाली चलचित्रहरूमा संगीत निर्देशन र स्वर दिएर योगदान पुर्‍याएका छन्। हाल उनी काठमाडौंमा बसोबास गर्दै नयाँ गीत, म्युजिक भिडियो, कन्सर्ट र डिजिटल मिडिया प्लेटफर्महरूमा सक्रिय छन्।

युट्युबमा उनका लाखौं सब्सक्राइबर छन् भने उनका भिडियोहरू करोडौं पटक हेरिएका छन्। हालै उनले ‘प्रीत बस्यो’, ‘दिनप्रतिदिन’, र श्रीमती मेलिना मैनालीसँगको सहकार्यमा आएको ‘जुगौँ जुङ्गै जिउने’ जस्ता गीतमार्फत पुनः चर्चा बटुलेका छन्।

निजी जीवनतर्फ, कमल खत्रीले ०७९ कार्तिकमा गायिका तथा मोडेल मेलिना मैनालीसँग विवाह गरेका हुन्। सामाजिक सञ्जालमा पनि उनी अत्यन्त सक्रिय छन् ।

खबरहबले गायक तथा संगीतकार खत्रीसँग उनको जीवनयात्रा, संगीत यात्राको उतारचढाव, र समकालीन सामाजिक विषयहरूबारे पनि विस्तृत कुराकानी गरेका छौं। प्रस्तुत छ, कमल खत्रीसँगको अन्तर्वार्ता :

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १ : ५२ बजे

बेलायती पूर्वराजकुमार एण्ड्रियू रिहा

काठमाडौं- सार्वजनिक पदको दुरुपयोग गरेको आशङ्कामा पक्राउ परेका बेलायती पूर्वराजकुमार

मन्त्री श्रेष्ठद्वारा महिला केन्द्रित लगानीमा जोड

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले जलवायु सहनशील

प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ– प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको

नयाँ संसद् भवनमा हेरेपछि राष्ट्रियसभा अध्यक्षले भने : सोचेजस्तो निर्माणले गति लिएन

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको

रविन्द्र मिश्रको चुनावी बाचा : जनताले विश्वास गरे राम्रा बाहेक कुनै काम गर्दिन

काठमाडौं– राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का