भारतमा बनेको टाइटेनियम विश्वभरका रक्षा उद्योगमा आपूर्ति हुँदै « Khabarhub

भारतमा बनेको टाइटेनियम विश्वभरका रक्षा उद्योगमा आपूर्ति हुँदै


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय भारतमा रक्षा उद्योगको तीव्र विकास भइरहेको छ । रक्षा उद्योगमा भारतका विभिन्न निजी उद्योगले पनि हात हालेका छन् ।

यसै क्रममा पीटीसी इण्डष्ट्रिजले उत्तर प्रदेश राज्यस्थित रक्षा उद्योग करिडोरमा ५० एकड क्षेत्रफलमा कारखाना खोलेको छ । यसले टाइटेनियम र ‘सुपरएलोइ’ को उत्पादन गर्दै आएको छ ।

यस कारखानाले भारतमात्र नभई विश्वका विभिन्न मुलुकको माग धान्ने अपेक्षा गरिएको छ । टाइटेनियम र ‘सुपरएलोइ’ निकल र कोबाल्टमा आधारित पदार्थ हुन् ।

यस्ता पदार्थ रक्षा उत्पादनका लागि निकै महत्वपूर्ण मानिन्छ । ‘सुपरएलोइ’ हवाइ इन्जिनजस्ता उच्च तापक्रम उत्पन्न हुने अवस्थामा प्रयोग हुन्छ ।

पीटीसी इण्डष्ट्रिजले १ हजार करोड भारुको लागतमा कारखाना स्थापना गरेको हो । यसले बेलायती रक्षा उद्योग बीएई सिस्टमका लागि टाइटेनियम आपूर्ति गर्दै आएको छ ।

यस कारखानाबाट उत्पादित पदार्थलाई बीएई सिस्टमले एम–७७७ अल्ट्रा लाइटवेट हवित्जरका लागि प्रयोग गर्दै आएको छ । यो एम–७७७ हवित्जर भारतले पनि प्रयोग गर्छ ।

बीएई सिस्टमबाहेक इजरायलको इजरायली एरोस्पेस इण्डष्ट्रिज (आईएआई), सफ्रान र दसोँ एभ्यासोँले पनि यस कारखानाको उत्पादन प्रयोग गर्नेबारे दीर्घकालीन सम्झौता गरिसकेका छन् । भारतीय अनलाइन समाचार पोर्टल द प्रिन्टका अनुसार पछिल्लो समय विभिन्न विदेशी संस्थाहरुले टाइटेनियम आपूर्तिका लागि कम्पनीसँग सम्पर्क बढाउँदै लगेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ४ : ०१ बजे

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ

संविधान संशोधन बहसपत्र कार्यदलको कार्याेजना बनाउने जम्मा सुवेदीलाई

काठमाडौँ– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने