पतञ्जलि जग्गा विवाद : १८ करोड बिगोको मुद्दामा ५ लाख धरौटी राखेर रिहा भए पूर्वसचिव पन्त | Khabarhub Khabarhub

पतञ्जलि जग्गा विवाद : १८ करोड बिगोको मुद्दामा ५ लाख धरौटी राखेर रिहा भए पूर्वसचिव पन्त


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालीन भुमिसुधार मन्त्री छविराज पन्त विशेष अदालतमा पाँच लाख रुपैयाँ धरौटीमा बुझाएर रिहा भएका छन् ।

काभ्रेपलाञ्चोकको साँगास्थित पतञ्जलि योगपीठका लागि दिइएको जग्गा प्रकरणमा  १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा प्रतिवादी बनाइएका पन्तलाई विशेष अदालतले ५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

मुद्दामा आदेश हुने भएपछि पन्त मंगलबार विशेष अदालत उपस्थित भएका थिए। बयान सकिएर भएको थुनछेक बहसपछि न्यायाधीशद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पन्तलाई पाँच लाख धरौटी लिएर छाड्न भनेको हो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार उनी पाँच लाख रुपैयाँ नगदै बुझाएर मंगलबार रिहा भइसकेका छन् ।

इजलासमा उपस्थित बविता देवी साहसँग अदालतले १५ हजार धरौटी मागेको थियो । उनी पनि रिहा भएकी छन्।

गत जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा चलाएको थियो ।

पतञ्जलिले आयुर्वेदसँग सम्बन्धित औषधिका उद्योग खोल्ने भन्दै हदबन्दी छुटमा लिएको जग्गा दुई महिनामै बिक्री गर्न माधवकुमार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषदले अनुमति दिएको थियो।

पूर्वसचिव पन्तले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव माधवप्रसाद घिमिरेको दबाबमा परेर आफूले प्रस्ताव पेस गरेको विशेष अदालतमा बयान दिएका छन्।

हिजो मात्रै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेशनामा राख्न रोक लगाएको थियो, ३ वर्ष भन्दा बढी कैदको सजाय मागमा वारेसनामा राख्न नपाउने नियम रहेको भन्दै विशेष अदालतले स्मरण गराएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ४ : ५७ बजे

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार– दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा तीन करोड

शंकर पोखरेलको प्रश्न- चुनावमा सहभागी हुने घोषणा गरेर मन्त्री पदमा बस्नु उचित हुन्छ ?

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले ऊर्जामन्त्री कुलमान घिसिङले

अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू

मेलम्चीबासीले मुहानमा किन लगाए ताला ? जनप्रतिनिधि भन्छन्- पानी रोक्नुको विकल्प थिएन

काठमाडौं – उपत्यकामा स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यसहित २०५५ सालमा मेलम्ची

न्युजिल्यान्डका अलराउन्डर जिमी निशमले पोखराबाट एनपीएल खेल्ने

काठमाडौं – न्युजिल्यान्डका अलराउन्डर जिमी निशमले पोखराबाट नेपाल प्रिमियर लिग