व्यापारिक गोपनियता चोरी गरेको अभियोगमा अमेरिकामा चिनियाँ मूलका शोधकर्ता दोषी ठहर « Khabarhub

व्यापारिक गोपनियता चोरी गरेको अभियोगमा अमेरिकामा चिनियाँ मूलका शोधकर्ता दोषी ठहर


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यापारिक गोपनियता चोरी गरेको आरोपमा अमेरिकामा एक जना चिनियाँ मूलका शोधकर्ता दोषी ठहर भएका छन् । व्यापारिक गोपनियता चोरी गरेको आरोप लागेका ५९ वर्षीय गोङ चेङ्गुवाङलाई अदालतले दोषी ठहर गरेको अमेरिकाको न्याय मन्त्रालयले जनाएको छ ।

उनले आणविक क्षेप्यास्त्र प्रक्षेपण गर्ने प्रविधि चोरी गरेका थिए । क्यालिफोर्नियाको सान होजे क्षेत्रमा बसोबास गर्दै आएका गोङमाथि ३ हजार ६ सयभन्दा धेरै दस्तावेज चोरी गरेको आरोप लागेको थियो ।

उनलाई क्यालिफोर्नियाको मध्य जिल्ला अदालतले दोषी ठहर गरेको हो । उनले अधिकतम १० वर्षको जेल सजाय भोग्नसक्ने समाचार संस्था एएफपीले जनाएको छ ।

उनीविरुद्ध सजायको फैसला भने आगामी सेप्टेम्बर २९ मा हुने जनाइएको छ । गोङ सन् २०११ मा अमेरिकी नागरिक बनेका थिए ।

उनले सन् २०२३ मा लस एन्जल्स क्षेत्रमा रहेको एउटा शोध कम्पनीमा छोटो समयका लागि काम गरेका थिए । उक्त कम्पनीको पहिचान भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ७ : ४६ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले