व्यापारिक गोपनियता चोरी गरेको अभियोगमा अमेरिकामा चिनियाँ मूलका शोधकर्ता दोषी ठहर « Khabarhub

व्यापारिक गोपनियता चोरी गरेको अभियोगमा अमेरिकामा चिनियाँ मूलका शोधकर्ता दोषी ठहर


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यापारिक गोपनियता चोरी गरेको आरोपमा अमेरिकामा एक जना चिनियाँ मूलका शोधकर्ता दोषी ठहर भएका छन् । व्यापारिक गोपनियता चोरी गरेको आरोप लागेका ५९ वर्षीय गोङ चेङ्गुवाङलाई अदालतले दोषी ठहर गरेको अमेरिकाको न्याय मन्त्रालयले जनाएको छ ।

उनले आणविक क्षेप्यास्त्र प्रक्षेपण गर्ने प्रविधि चोरी गरेका थिए । क्यालिफोर्नियाको सान होजे क्षेत्रमा बसोबास गर्दै आएका गोङमाथि ३ हजार ६ सयभन्दा धेरै दस्तावेज चोरी गरेको आरोप लागेको थियो ।

उनलाई क्यालिफोर्नियाको मध्य जिल्ला अदालतले दोषी ठहर गरेको हो । उनले अधिकतम १० वर्षको जेल सजाय भोग्नसक्ने समाचार संस्था एएफपीले जनाएको छ ।

उनीविरुद्ध सजायको फैसला भने आगामी सेप्टेम्बर २९ मा हुने जनाइएको छ । गोङ सन् २०११ मा अमेरिकी नागरिक बनेका थिए ।

उनले सन् २०२३ मा लस एन्जल्स क्षेत्रमा रहेको एउटा शोध कम्पनीमा छोटो समयका लागि काम गरेका थिए । उक्त कम्पनीको पहिचान भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ७ : ४६ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा