अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर « Khabarhub

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको माइतीघरमा अनिश्चित आमरण अनसन बस्ने भएका छन्‌ । भोलि बिहान ९ बजेदेखि भट्टराई आमरण अनसनमा बस्ने भएका हुन्‌ ।

बाँदर लगायत अन्य वन्यजन्तुबाट खाद्यान्न उत्पादनमा पुगेको क्षति, विश्वव्यापी जलवायु परिवर्तन, पर्यावरणीय सङ्कट तथा बाँस र गाँजा लगायतका वनस्पतिको बिल्डिङ कोड र नम्स तयार गर्दै स्थानीय स्रोत साधनको समुचित उपयोगसँग सम्बन्धित सात बुँदै माग सहित मेयर भट्टराईले असार ९ गते बसेको नगर सभाको नीति तथा कार्यक्रमबाट सत्याग्रह घोषणा गरेका थिए ।

उल्लेखित माग राख्दै मेयर भट्टराईले साउन १३ (सम्म) काठमाडौँको माइतीघरमा शान्तिपूर्ण सत्याग्रह बसेका थिए । तर, सरकारले सत्याग्रहका माग सम्बोधन गर्न औपचारिक रूपमा कुनै चासो र पहल नगरेकाले अनिश्चितकालीन आमरण अनसन घोषणा गरेका पालिकाका कार्यवाहक नगरप्रमुख विसन राईले जानकारी दिएका छन्‌ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ९ : ०१ बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको