साफ यु–१७ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै « Khabarhub

साफ यु–१७ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अंकका साथ पहिलो स्थानमा छभने तीन अंकका साथ नेपाल तेस्रो स्थानमा छ ।

घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । नौ अंकका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् । 

खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपाल भिड्ने छ । उपाधि जित्ने होडबाट नेपाल बाहिरिएको छ । 
 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ७ : ४७ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने