पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै « Khabarhub

पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पर्वत– स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र भैरहवाको सहयोगमा पर्वतको फलेवास नगरपालिकामा तोरी र गहुँको बीउ उत्पादन प्रारम्भ भएको छ ।

फलेवास नगरपालिका–६ को चौबिस कुरिया र सात कुरिया फाँटमा यहाँ आठ प्रजातिका गहुँ र लुम्ले–१ नामको तोरीको बीउको उत्पादन थालिएको हो ।

स्थानीय शक्ति कृषि फार्मको मूल संयोजनमा १५ जना किसानको सहभागितामा बीउ उत्पादन भइरहेको अगुवा किसान रमेश चापागाईँले जानकारी दिए ।

‘सात कुरिया र चौबीस कुरिया फाँटमा २०० रोपनीमा लुम्ले–१ तोरीको मूलबीउको खेती भइरहेको छ । अन्य क्षेत्रमा हिउँदे आलु, केराउ,तथा मुसुरो लगाइएको छ । हिउँदमा पहाडी भेगमा लगाउन सकिने जातका आठ प्रजातिको गहुँमा अनुसन्धान भइरहेको छ’, उनले भने ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ९ : ५५ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक