चितवनका २५९ भूमिहीनले पाए जग्गाधनी प्रमाणपत्र « Khabarhub

चितवनका २५९ भूमिहीनले पाए जग्गाधनी प्रमाणपत्र


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

चितवन– यहाँस्थित भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका २५९ जना भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई  जग्गा धनी प्रमाणपत्र प्रदान गरेको छ । 

आयोगका अध्यक्ष इमानसिंह मोक्तानका अनुसार रत्ननगर नगरपालिकाका १३० र भरतपुर महानगरपालिकाका १२९ जनालाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको हो । आयोगमा ५१ हजार जनाले  जग्गाधनी प्रमाणपत्रका लागि आवेदन गरेका छन् । एक व्यक्तिले पाँच पटकसम्म पनि आवेदन गरेका छन् । 

भूमिहीन ४०० जनालाई प्रमाणपत्र वितरण गर्नेगरी काम भइरहेको छ । हालसम्म १५० जनाको प्रमाणपत्र तयार भइसकेको छ भने आगामी असोजसम्ममा ४०० जनाको तयार गर्ने लक्ष्य अध्यक्ष मोक्तानले सुनाए । स्थानीय तहसँगको समन्वयमा आयोगले काम गरिरहेको छ । 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ८ : २७ बजे

परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना

काठमाडौं– रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त

रुसी राष्ट्रपतिको निवासमा निशाना बनाएको ड्रोन खसालिएको दाबी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पु्टिनको निवासलाई लक्षित गरेको ड्रोनलाई रूसी

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ– स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर