सिरहाबाट भन्सार छलीका कपडासहित भारतीय स्कारपियो बरामद « Khabarhub

सिरहाबाट भन्सार छलीका कपडासहित भारतीय स्कारपियो बरामद


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिरहा– लहान नगरपालिका–१९ स्थित छारापट्टि चोकमा भन्सार छली गरिएको सामानसहित एक भारतीय स्कारपियो गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार साँझ करिब ८ः०० बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प लहानबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विजयकुमार चौधरीको कमान्डमा खटिएको मोबाइल टोलीले ठाडी–लहान भित्री सडकखण्डमा सवारी जाँच गर्ने क्रममा बिआर ०१ पिबी ४६४२ नम्बरको सेतो रङ्गको भारतीय स्कारपियो गाडीलाई रोक्न खोज्दा उक्त गाडी तीव्रगतिमा भागेको सशस्त्र प्रहरीले जनाएको छ ।

पछ्याउँदै जाँदा सो गाडी लहान–१९ को कटाहा चोक नजिकैको सडक किनारमा बेवारिसे अवस्थामा फेलापरेको हो । चालक भने फरार छन् । गाडी जाँच गर्दा रु सात लाख चार हजार ८५० मूल्यबराबरका विभिन्न लत्ताकपडा फेला परेको छ ।

 स्कारपियोको मूल्य करिब रु १५ लाख रहेको बताइएको छ । बरामद गाडी र कपडा भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बल नम्बर ७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए।
 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ८ : ५८ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका