मासुलगायत कृषिजन्य उत्पादनको निर्यातमा सहजीकरण गरिदिन चीनलाई सरकारको आग्रह « Khabarhub

मासुलगायत कृषिजन्य उत्पादनको निर्यातमा सहजीकरण गरिदिन चीनलाई सरकारको आग्रह


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– सरकारले चीनसँग मासुलगायत कृषिजन्य उत्पादको निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण गर्दै लचकता अपनाउन आग्रह गरेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुङसँग भन्सार प्रशासनमा सहजीकरण गर्दै लचकता अपनाउन आग्रह गरेका हुन् । 

वाङ्गसँगको भेटका क्रममा मन्त्री अधिकारीले भैँसीको मासु, दुग्ध पदार्थसँगै तरकारी, फलफूल र जडिबुटी निर्यातका लागि सहजीकरण र लचकता अपनाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार बिहीबार काठमाडौंमा भएको द्विपक्षीय बैठकमा नेपालको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको जनाएको छ । 

नेपालबाट थर्मल रूपमा प्रशोधित भैँसीको मासु र भैँसीको कार्टिलेज (कुरकुरे हाड)सँगै कृषि मन्त्रालयले घ्यू, नौनी, वटर तथा छुर्पी चीन निर्यातका लागि जोड गरिरहेको छ । 

यस्तै हेलेज साइलेज पशु आहरा निर्यातका लागि पनि द्विपक्षीय बैठकमा नेपालले कुरा राखेको छ । नेपालले कुखुराको मासु र पञ्जा, तरकारी, सुन्तलाजन्य फलफूल, चिया तथा कफी र जडिबुटी निर्यातका लागि सक्षम रहेको र यसका लागि थप सहजीकरण गरिदिन पनि आग्रह गरेको छ । 

हाल नेपालबाट ३४ प्रकारका कृषि वस्तुहरू विभिन्न ६१ वटा कम्पनीमार्फत् निर्यात हुँदै आएका छन् । यस्तै हरियो घाँस हेलेज ५ वटा कम्पनीमार्फत् चीन निर्यात हुँदै आएको छ । 

बैठकमा उपमन्त्री वाङ्गले नेपालबाट कृषि वस्तु निर्यातको विषयलाई चीनले उच्च महत्व दिएको बताए । एक सयभन्दा बढी देशहरूबाट यस्ता प्रस्तावहरू आउने गरेको भए पनि छिमेकी मुलुकको रुपमा चीनले नेपाललाई महत्व दिएर प्रयासहरू अघि बढाएको उनको भनाइ थियो । 

‘व्यापार सहजीकरणका लागि हाम्रो एकल प्रयासले मात्र पुग्दैन । दुवै देशको संयुक्त प्रयासमा यो गाह्रो र जटिल छैन,’ मन्त्री वाङ्गको भनाइ उद्धृत गर्दै मन्त्री अधिकारीलको सचिवालयले भनेको छ, ‘सहजीकरण गर्न हामी तयार छौंँ ।’

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १२ : ३८ बजे

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६