कुवेतमा पति बितेको पाँच दिनमै पत्नीको पनि निधन, छोरीहरूको बिचल्ली « Khabarhub

कुवेतमा पति बितेको पाँच दिनमै पत्नीको पनि निधन, छोरीहरूको बिचल्ली


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

धनकुटा– विदेशमा रहेका पतिको निधनको खबर सुनेपछि धनकुटामा एकजना महिलाको पनि निधन भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षदेखि कुवेतमा रहेका महालक्ष्मी नगरपालिका-१ कटहरेका ४३ वर्षीय डम्बर मगरको निधनको खबर सुनेपछि उनकी पत्नी विद्याको पनि निधन भएको हो ।

परिवारको जीविकोपार्जनका लागि गतिलो कमाइ गरेर फर्किने गरी कुवेत गएका उनी केही दिनअघि उतै बिते ।

डम्बरबहादुरको अचानक निधन भएको खबर आएपछि पत्नी विद्यालाई झट्का लाग्यो। पतिको फोनको प्रतीक्षामा रहेकी ३३ वर्षीया विद्या आफ्नो जीवन साथी बितेको खबरले स्तब्ध भइन् । पति कुवेतमा बितेको पाँच दिनपछि विद्याको पनि निधन भएको छ।

घरमा पत्नी, २, १६ र १७ वर्षीया तीन छोरी पनि थिए । आमा र बुवाको पाँच दिनको फरकमा निधनपछि तीन छोरी १७ वर्षीय विपना, १६ वर्षीय सञ्जु र २ वर्षीय संयुक्ताको बिचल्ली भएको छ।

वडाध्यक्ष टेकबहादुर गुरुङले डम्बरबहादुरको निधन विषाक्त मदिरा पिउँदा भएको खबर आए पनि खास कारण पुष्टि हुन नसकेको बताएका छन् ।

दुवै जनाको निधनका कारण गाउँ नै शोकमग्न भएको गुरूङले बताए । ‘श्रीमानको मृत्युको खबर सुनेपछि श्रीमतीको पनि दुखद निधन भयो,’ उनले भने, ‘पति वियोगको पीडामा रहेकी पत्नीको पनि मृत्यु भएपछि छोरीहरूको बिचल्ली भएको छ।’

अचानक आमाबाबु गुमाएका छोरीहरूको पठनपाठनसहित दैनिक जीवन सहज बनाउन पहल भइरहेको वडाध्यक्ष गुरुङले बताए ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १ : ०४ बजे

तातो लहरसम्बन्धी विशेष बुलेटिन : १४ जिल्लामा सतर्क रहन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तातो दिन वा

वासिङ्टन सम्झौता अन्तिम मौका : लेबनानी राष्ट्रपति

बेरुत, लेबनान – वाशिङ्गटनमा इजरायलसँगको वार्तापछि घोषणा गरिएको युद्धविराम कार्यान्वयन

चोरीका १५ थान मोटरसाइकल बरामद

सुदूरपश्चिम – कैलालीको भजनी र लम्कीचुहा क्षेत्रबाट प्रहरी टोलीले आज

एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सिरहा – सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोर्न प्रयोग