कुवेतमा पति बितेको पाँच दिनमै पत्नीको पनि निधन, छोरीहरूको बिचल्ली « Khabarhub

कुवेतमा पति बितेको पाँच दिनमै पत्नीको पनि निधन, छोरीहरूको बिचल्ली


१३ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

धनकुटा– विदेशमा रहेका पतिको निधनको खबर सुनेपछि धनकुटामा एकजना महिलाको पनि निधन भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षदेखि कुवेतमा रहेका महालक्ष्मी नगरपालिका-१ कटहरेका ४३ वर्षीय डम्बर मगरको निधनको खबर सुनेपछि उनकी पत्नी विद्याको पनि निधन भएको हो ।

परिवारको जीविकोपार्जनका लागि गतिलो कमाइ गरेर फर्किने गरी कुवेत गएका उनी केही दिनअघि उतै बिते ।

डम्बरबहादुरको अचानक निधन भएको खबर आएपछि पत्नी विद्यालाई झट्का लाग्यो। पतिको फोनको प्रतीक्षामा रहेकी ३३ वर्षीया विद्या आफ्नो जीवन साथी बितेको खबरले स्तब्ध भइन् । पति कुवेतमा बितेको पाँच दिनपछि विद्याको पनि निधन भएको छ।

घरमा पत्नी, २, १६ र १७ वर्षीया तीन छोरी पनि थिए । आमा र बुवाको पाँच दिनको फरकमा निधनपछि तीन छोरी १७ वर्षीय विपना, १६ वर्षीय सञ्जु र २ वर्षीय संयुक्ताको बिचल्ली भएको छ।

वडाध्यक्ष टेकबहादुर गुरुङले डम्बरबहादुरको निधन विषाक्त मदिरा पिउँदा भएको खबर आए पनि खास कारण पुष्टि हुन नसकेको बताएका छन् ।

दुवै जनाको निधनका कारण गाउँ नै शोकमग्न भएको गुरूङले बताए । ‘श्रीमानको मृत्युको खबर सुनेपछि श्रीमतीको पनि दुखद निधन भयो,’ उनले भने, ‘पति वियोगको पीडामा रहेकी पत्नीको पनि मृत्यु भएपछि छोरीहरूको बिचल्ली भएको छ।’

अचानक आमाबाबु गुमाएका छोरीहरूको पठनपाठनसहित दैनिक जीवन सहज बनाउन पहल भइरहेको वडाध्यक्ष गुरुङले बताए ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  १ : ०४ बजे

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ