रास्वपा र राप्रपाले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने « Khabarhub

रास्वपा र राप्रपाले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुई प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारको सम्बोधन बहिष्कार गर्ने निर्णय लिएका छन् ।

प्रधानमन्त्री ओलीले केही बेरमा प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति माग गर्दै आन्दोलनरत रास्वपा र राप्रपाले विरोध जारी राख्ने भएका हुन् ।

रास्वपाका प्रवक्ता मनिष झाले आन्दोलन जारी रहने बताए । ‘हाम्रो आन्दोलन जारी छ, आज पनि निरन्तर रहन्छ । हामी प्रधानमन्त्रीको सम्बोधन सुन्दैनौँ’, उनले भने ।

राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पनि प्रधानमन्त्री ओलीको सम्बोधन नुसनी संसद् बहिष्कार गरिने बताए ।

प्रधानमन्त्री ओलीले चीन जानुअघि प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैछन् ।

साङघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री शनिबार प्रस्थान गर्नेछन् । चीनपछि ओली भारत भ्रमणमा जाने छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १ : १३ बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा