ललितपुर महानगरका महिला उद्यमीको उत्पादन अब एपबाट किनबेच हुने « Khabarhub

ललितपुर महानगरका महिला उद्यमीको उत्पादन अब एपबाट किनबेच हुने


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ललितपुर–  ललितपुर महानगरले उद्यमी महिलाको उत्पादनलाई बजारसम्म पुर्‍याउन एलएमसी हाटबजार एप सार्वजनिक गरेको छ । महानगरमा दर्ता भएका उद्यमीले उत्पादन गरेका उत्पादनलाई बजारसम्म यो पुर्‍याउन एप निर्माण गरी सार्वजनिक गरिएको हो ।

महिला उद्यमीले आफ्नो उत्पादनको सम्पूर्ण विवरण उक्त एपमा राख्नुपर्छ । क्रेताले एप्समा राखेको सामान खरिद गर्न लगइन गरी अर्डर गर्न सक्छन् । उत्पादित सामग्री एप्पमा राख्नका उद्यमीले महानगरका सम्पर्क गरी लगइन गर्नुपर्छ । 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महिलाको उत्पादनलाई बजारिकरणका लागि ल्याइएको एप एक महत्त्वपूर्ण ‘टुल’ भएको बताए । 

उनले भने, ’आइटीको जमानामा महानगरले सार्वजनिक गरेको यो एप महत्त्वपूर्ण हो ।’ महिला उद्यमीको उत्पादन बजारमा ल्याउन यो एपले धेरै मद्दत गर्ने बताए । उनले सम्पूर्ण महिला उद्यमीलाई यो एप सक्दो प्रयोग गर्न अनुरोध गरे । 

यो एपले ‘उत्पादन छ तर बजार छैन’ भन्ने कुरालाई हल गर्न केही हदसम्म सहयोग गर्ने महानगरको विश्वास छ । उपप्रमुख तथा महिला उद्यमशीलता सहजीकरण केन्द्रका संयोजक मञ्जली शाक्य बज्राचार्यले उद्यमीले उत्पादन गरेको उत्पादनले बजार नपाइराखेको अवस्थामा बजारसम्म उत्पादनलाई पुर्‍याउन यो एप महत्त्वपूर्ण हुने बताइन् । 

उनले भनिन्, ‘उद्यम र व्यवसाय एकै होइन, उद्यमीले व्यवसाय सञ्चालन गर्न गाह्रो हुन्छ, यो एपले उद्यमीलाई क्रेतासँग जोड्न सजिलो बनाउँछ , जसले बजार खोज्ने सहयोग पुग्छ ।’ वर्षैपिच्छे वडा र महानगरले धेरै वटा हाट बजार सञ्चालन गरे पनि सधैँ सञ्चालन भइरहने बजारका लागि यो एप ल्याएको उपप्रमुखको भनाई छ । 

महिला शाखा प्रमुख शोभादेवी खरेलले महिला उद्यमीलाई आफ्नो उत्पादनको विक्री वितरण गर्न यो एप महत्त्वपूर्ण हुने धारणा राखिन् । उनका अनुसार एपमार्फत खरिद विक्री गर्दा मध्यस्तकर्ताको आवश्यकता पर्दैन । क्रेताले विक्रेतासँगको सिधै मोलमोलाइ गर्न सक्छन् । सामानको गुणस्तरको बारेमा  सोधपुछ गर्न सक्छन् ।  

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम) कुसुम कलेज डा. विनोद कृष्ण श्रेष्ठले महानगरले उद्यम र उद्यमशीलतालाई महत्त्व दिएर एप सार्वजनिक गरेको धन्यवाद दिए । 

उद्यमी र क्रेताबीच सिधै सम्पर्क हुने यो एपले उत्पादनको बजारीकरणलाई सहयोग पुग्ने बताए । यसै गरी एप सार्वजनिक कार्यक्रमपछि उद्यमशीलता सम्बन्धी जानकारी दिन अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  २ : १९ बजे

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई

शिक्षामा स्वजागरणको अभ्यास : अभिभावक-विद्यालयले के गर्ने ? 

काठमाडौं– भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो ।

विधानविपरीत केही व्यक्तिले विशेष महाधिवेशनका नाममा भेला डाके : कावा सभापति खड्का

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको विधानविपरीत केही व्यक्तिहरूले

‘विशेष महाधिवेशन विखण्डनको थलो हो, त्यता नजाऊँ भन्दा मानेनन्’

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि