नारायणी अस्पतालमा अत्यावश्यक औषधि र जनशक्ति तयारी अवस्थामा राख्नुपर्छ : महामन्त्री थापा | Khabarhub Khabarhub

नारायणी अस्पतालमा अत्यावश्यक औषधि र जनशक्ति तयारी अवस्थामा राख्नुपर्छ : महामन्त्री थापा


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वीरगञ्ज आसपासमा देखिएको हैजा सङ्क्रमण नियन्त्रणका लागि अत्यावश्यक औषधि र जनशक्ति तम्तयार अवस्थामा राख्नुपर्ने बताएका छन् । 

शुक्रबार नारायणी अस्पतालमा हैजाका बिरामी र बिरामीका आफन्तहरूसँग भेटघाटपछि अस्पताल प्रशासनसँग छलफल गर्दै उनले हैजा सङ्क्रमित बिरामीको उपचारमा कुनै पनि खालको कमजोरी नगर्न अनुरोध गरे ।  

महामन्त्री थापाले भने, ‘हैजाको उपचार गर्न आउने बिरामीले निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुपर्छ । त्यसका लागि अस्पताल प्रशासनले अत्यावश्यक औषधि, खोप र जनशक्तिको पनि उचित ढङ्गले प्रबन्ध गर्न आवश्यक छ ।’

उनले आफू काठमाडौँ फर्किएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र सरोकार भएका निकायसँग समन्वय गरेर अत्यावश्यक औषधि र अन्य सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे  । महामन्त्री थापाले अस्पतालको सरसफाइका विषयमा पनि विशेष चासो दिन आग्रह गरे । 

‘म स्वास्थ्यमन्त्री हुँदा पनि देशभरिका अस्पतालमा सरसफाइ मुख्य समस्याका रूपमा रहेको अनुभव गरेको थिएँ । मैले करिब नौ महिना मन्त्री भएर काम गर्दा यो समस्या समाधानको प्रयास गरे पनि सकिन’, उनले भने, ‘अस्पतालको परिसर र शौचालय मात्रै फोहर देखिने विषय होइन । सरसफाइ जनशक्ति व्यवस्थापनलगायत विविध विषय रहेछन् । यो अस्पतालको सुशासन र अन्य बहुआयामिक विषयसँग पनि जोडिएको छ ।’

महामन्त्री थापाले सरकारी र निजी अस्पतालमा उपचारका लागि जाँदाखेरि फरक महसुस गर्ने विषय पनि अस्पतालको सरसफाइ नै रहेको उल्लेख गरे । 

‘प्रायःजसो निजी अस्पताल पनि सरकारी अस्पतालमा नै काम गर्ने जनशक्तिबाट नै सञ्चालन हुने हो, तर निजी र सरकारी अस्पतालबीच सरसफाइमा धेरै फरक छ । त्यसैले यस विषयमा ध्यान दिन जरुरी छ’, उनले भने । 

महामन्त्री थापाले नारायणी अस्पताललाई वीरगञ्ज र आसपासको क्षेत्रको आसा तथा  भरोसाको केन्द्रका रूपमा विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

महामन्त्री थापाले नारायणी अस्पतालको पूर्वाधार निर्माणमा हुने गाँठो फुकाउनका लागि आफू जुनसुकै सहयोग र समन्वय गर्न पनि तयार रहेको बताए  । रासस 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  २ : २३ बजे

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– गाजामा मारिएका विपिन जोशीको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार