‘जारी २’सँग भागेर भाइटीकामा पुग्यो प्रकाश सपुत स्टारर फिल्म ‘सोल्टिनी’ « Khabarhub

‘जारी २’सँग भागेर भाइटीकामा पुग्यो प्रकाश सपुत स्टारर फिल्म ‘सोल्टिनी’


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा नायक प्रकाश सपुत र नायिका परीक्षा लिम्बू स्टारर फिल्म ‘सोल्टिनी’को प्रदर्शन मिति हेरफेर भएको छ ।

निर्माण पक्षले शुक्रबार फिल्मको चार पोस्टर सार्वजनिक गरी कात्तिक ६ गतेलाई नयाँ प्रदर्शन मिति तोकेको हो । यो दिन भाइटीका परेको छ ।

‘सोल्टिनी’को पहिला असोज ३ लाई प्रदर्शन मिति तोकेको थियो । उक्त मितिमा कवि उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २’ प्रदर्शनमा आउने भएपछि ‘सोल्टिनी’ एक महिनापछि सरेको बुझिएको छ ।

‘जारी २’ हिट फिल्म ‘जारी’को सिक्वेल हो । यो फिल्मलाई प्रतीक्षित मानिएको छ । ‘हेभीवेट’ फिल्मसँग प्रतिस्पर्धा हुने भएपछि ‘सोल्टिनी’ले अन्तिम समयमा आएर प्रदर्शन मिति हेरफेर गरेको हो ।

पोस्टरमा चर्चा गर्नु पर्दा एकमा नायिका परीक्षा लिम्बू एकल फिचर्ड छिन् । उनलाई लिम्बू पहिरनमा देख्न सकिन्छ ।

दुई पोस्टरमा प्रकाश र परीक्षालाई फिचर्ड गरिएको छ । उनीहरू दुवै पोस्टरमा प्रेम भावमा प्रस्तुत छन् । एक पोस्टरमा प्रकाशले परीक्षालाई पिठ्युँमा बोकेका छन् ।

अर्को पोस्टरमा यी दुई झोलुङ्गे पुलमा छन् । वर्षाबाट रुझ्न बच्नका लागि उनीहरूले केराको पात ओडेका छन् । यी दुई पोस्टरले फिल्ममा उनीहरू प्रेम सम्बन्धमा रहेको संकेत गर्छ ।

अर्को पोस्टरमा फिल्मका सबै मुख्य कलाकारहरू प्रस्तुत छन् । यो पोस्टरले फिल्मको कथा ग्रामीण परिवेशको रहेको बताउँछ ।

अर्जुन सुवेदीको निर्देशनमा यो फिल्म तयार भएको हो । उनका अनुसार यो फिल्म समाजमा रहेको अमानवीय र जातीय भेदवादविरुद्धको आवाजमा यो फिल्म बनेको छ । पूर्वका विभिन्न जिल्लामा यसको छायाङ्कन गरिएको छ ।

यस फिल्मको निर्माता रेजिना विष्ट र संसार चौलागाईं हुन् । कार्यकारी निर्मातामा धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङको टिम रहेको छ । जसको नेतृत्व मेयर साम्पाङले नै गरेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ५ : ०१ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००