अरनिकोले महिलालाई पठाएका थिए आपत्तिजनक शब्दसहितको ईमेल र म्यासेज « Khabarhub

अरनिकोले महिलालाई पठाएका थिए आपत्तिजनक शब्दसहितको ईमेल र म्यासेज


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत ११ भदौमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडे पीडित भनिएकी महिलालाई पढ्नै नसकिने आपत्तिजनक ईमेल लेखेको खुलेको छ ।

हाल नेपाल प्रहरीको साइबर ब्युरोको हिरासतमा रहेका पाँडेले पढ्नै नसकिने शब्दसहितको आपत्तिजनक ईमेल लेखेको प्रमाण ती महिलाले प्रहरीलाई उपब्लध गराएकी हुन् ।

ती महिलाले दिएको उजुरीमा आपत्तिजनक र दुर्व्यवहारपूर्ण ईमेल तथा सन्देश प्राप्त भएको विवरण उल्लेख गरिएको छ । ती सन्देशहरूमा विभिन्न आरोप र अपमानजनक शब्दहरू प्रयोग गरिएको छ। यसले मानसिक पीडा तथा उत्पीडन गरेको उजुरीकर्ता महिलाले दाबी गरेकी छन् ।

पीडित भनिएकी उजुरीकर्ता महिलाले कार्यलाई विद्युतीय कारोबारसम्बन्धी कानुनअन्तर्गत कारबाही गर्न र आफूले भोगेको पीडा वापदको क्षतिपूर्ति उपलब्ध गराउन माग गरेकी छन् ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत रहेका पाँडेलाई विद्युतीय कारोबार ऐनमार्फत् प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद लिएर अनुसन्धान अघि बढाइरहेका बेला पीडित भनिएकी महिलाले उनीबाट भएको दुर्व्यवहारको विवरण उजुरीसँगै उपलब्ध गराएकी हुन् ।

पाँडेलाई एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको थियो । ती महिलाले पाँडेमाथि अनलाइनमार्फत् दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

साइबर ब्युरोले परिवर्तित नाम ‘साइबर ब्युरो १३’ राखिएकी ती महिलाले दिएको जाहेरी दरखास्तमा उक्त कुरा उल्लेख गरेकी छन् ।

जाहेरी दरखास्तमा ती महिलाले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को कर्मचारी तथा शिक्षा विज्ञसमेत रहेका अरनिको पाँडेसँग त्यहीँ सामान्य चिनापर्ची रहेको उनले खुलाएकी छन् ।

ती महिलाले आफ्नो छोराले साइन्स (विज्ञान) अध्ययन गर्न रुची राखेपछि अरनिको पाँडेसँग केही कुरा बुझौँ भनि सुझाव लिन सम्पर्क गरेकामा उनले प्रयोग गर्ने जीमेल र ह्वाट्सएपबाट आपत्तिजनक र अपमानपूर्ण म्यासेज पठाएर दुर्व्यहार गरेको खुला‌एकी छन् ।

पाँडेले ह्वाट्सएपबाट पनि कल गरेर अनेक आपत्तिजनक शब्दसहित दुर्व्यवहार गरेको उनको जाहेरीमा उल्लेख छ ।

पाँडेले ती महिलालाई म्यासेजमा- ‘तिमी…, म तिमीलाई…, तिमीलाई…., तिमीलाई …. पछुताउँछु। तिमी …., तिम्रो छोराले पनि तिमीमाथि घृणा गर्नुपर्छ। तिमी सधैँ मलाई सम्पर्क गर्छ्यौ, सधैँ फ्लर्ट गर्छ्यौ, …घरबाहिर हुँदा मलाई घरमा बोलाउँछ्यौ। तिमी डिभोर्स भइसकेको र प्रेमीहरू भएको अवस्थामा पनि …. मलाई फसाउन खोज्यौ। सधैं मलाई सहयोग माग्दै सम्पर्क गर्छ्यौ। यो घृणास्पद र तल्लो स्तरको चरित्र हो। तिम्रो नक्कली … बन्द गर। अब कहिल्यै मलाई सम्पर्क नगर’, भनेको व्यहोरा जाहेरीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ३ : ४० बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका