सांसदहरूको साझा मत : कूटनीतिका माध्यमबाट नेपालको भूमि फिर्ता गराउन सरकार लाग्नुपर्छ « Khabarhub

सांसदहरूको साझा मत : कूटनीतिका माध्यमबाट नेपालको भूमि फिर्ता गराउन सरकार लाग्नुपर्छ


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेपाललाई जानकारी नै नदिई चीन र भारतबीच लिपुलेक, लिम्पियाधुरा र कालापानीका सन्दर्भमा भएको सहमतिबारे प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा स्पष्ट धारणा राख्न आग्रह गरे ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा उनले सुगौली सन्धीदेखि नै कायम भएको नेपालको भूमिको जग्गाधनी प्रमाणपत्रसमेत रहेको र अमेरिकी तथा बेलायतको पुस्तकालयमा रहेको नक्साबाट पनि त्यो प्रमाणित हुने स्पष्ट पारे ।  

सांसद पाण्डेले भू–भागका हिसाबले देश सानो तथा ठूलो हुनसक्ने भए पनि सार्वभौमसत्ताका सन्दर्भमा कुनै पनि सम्झौता हुन नसक्ने धारणा राखे । उनले राष्ट्रिय सहमतिका साथ नेपालको भूमि फिर्ता गराउन सरकारले विशेष पहल गरोस् भन्ने कामना गरे ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रञ्जुकमारी झाले वार्ता र कूटनीतिका माध्यमबाट नेपालको भूमि फिर्ता गराउन प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा विशेष पहल हुने विश्वास व्यक्त गरिन् । उनले उखु किसानको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन्।

जनमत पार्टीका सांसद अनिता देवीले कृषि विद्युतीकरणका नाममा तराई–मधेसमा खम्बा गाड्दा कुनै पनि मापदण्डको ख्याल नगरिएका कारण दुर्घटना बढेको उल्लेख गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन् । उनले पनि उखु किसानको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

जसपा नेपालका सांसद उपेन्द्र यादवले संविधानमा उल्लेख गरिएको मौलिक हक कार्यान्वयनका लागि तीन वर्षभित्र २७ वटा कानुन निर्माण गर्ने व्यवस्था भए पनि १० वर्षसम्म पनि बन्न नसकेको बताए । 

यस्तै, सङ्घीयता कार्यान्वयनका लागि निर्माण हुनुपर्ने कानुन निर्माण हुन नसकेको, सङ्घ र प्रदेशको साझा अधिकारका विषयमा पनि ध्यान नदिइएको उनको भनाइ थियो । 

यादवले कबाड व्यवसायी आन्दोलनमा रहेको र तराई–मधेसमा हैजा फैलिएको, उखु किसान पनि आन्दोलनमा रहेको उल्लेख गर्दै तीलगायत सुक्खाग्रस्त क्षेत्रमा रहेका किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए  ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद रामप्रकाश चौधरीले सर्लाहीमा चोरको बिगबिगीका कारण पशुचौपाया, मोटरसाइकललगायत अन्य धनमाल तथा विद्युतीय ट्रान्सफर्मर चोरी भएका कारण जनजीवन प्रभावित भएको भन्दै शान्ति सुरक्षाको प्रबन्ध गर्न माग गरे ।  

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा गरिबी निवारणबारे बुझेर आउन आग्रह गरे ।

उनले सुगौली सन्धीमा नै उल्लेख भएको नेपाली भूमिको रक्षा गर्न र संसद्को दुई तिहाइले पारित गरेको चुच्चे नक्सा संयुक्त राष्ट्र सङ्घका सदस्यहरूलाई किन नपठाइएको भनेर प्रश्न गरे । सुवालले नेपालीलाई सस्तोमा बिजुली उपलब्ध गराउन माग गरे ।

नेपाली कांग्रेसका सांसद दिनेश यादवले सप्तरीको लालगढमा भएको एक हत्याका सन्दर्भमा सुरक्षाकर्मी दोषी देखिएको भन्दै कारबाहीको माग गरे ।

उनले नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीले स्थानीयवासीलाई दुःख दिइएको भन्दै सरकारको ध्यानाकर्षण गराए  । तराई– मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा भए पनि कुनै राहतको प्रबन्ध हुन नसकेको यादवको गुनासो थियो । 

सांसद अम्मरबहादुर रायमाझीले कृषि, पर्यटन र उद्योगजस्ता क्षेत्र नेपालमा रोजगारी र अवसर सिर्जना गर्ने दीर्घकालीन समृद्धिका आधार भए पनि यी क्षेत्र सशक्त रूपमा रूपान्तरण हुन नसकेको बताए  । उनले कृषिमा आत्मनिर्भर हुने ठाउँमा पनि आयात गर्नुपरेको, पर्यटन प्रवर्द्धनमा ध्यान दिन नसकेको तथा नेपालका औद्योगिक क्षेत्र पनि उद्योगमैत्री हुन नसकेको उल्लेख गरे ।

सांसद मैना कार्कीले सीमासम्बन्धी समस्याको कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले सामान्य वर्षा हुनेबित्तिकै देशभरका विभिन्न स्थानमा बिजुली जाने गरेका र त्यसले जनजीवन कष्टकर भएका तर्फ ध्यानाकर्षण गराइन् । 

कार्कीले दुर्गम बस्तीमा रहेका स्वास्थ्य चौकी, जिल्ला र प्रादेशिक अस्पतालमा उच्चस्तरीय उपचार सुविधा नभएकाले अझै स्वास्थ्योपचारका लागि काठमाडौं धाउनुपर्ने अवस्था रहेकातर्फ ध्यानाकर्षण गराइन् । 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ५ : ५२ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका