मधेस प्रदेशसभाको बैठक दोस्रो दिन पनि स्थगित « Khabarhub

मधेस प्रदेशसभाको बैठक दोस्रो दिन पनि स्थगित


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रमुख प्रतिपक्षी दलको विरोधका कारण मधेस प्रदेशसभाको शुक्रबार दोस्रो दिनको बैठक पनि सुरु भएको केही समयमै स्थगित गरिएको छ ।

शुक्रबार दिउँसो बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सदस्यहरूले विरोध जनाएका थिए। त्यसपछि सभामुख रामचन्द्र मण्डलले नेकपा (माओवादी केन्द्र) का जवाहरलाल कुशवाहालाई बोल्ने समय दिए ।

कुशवाहाले अर्थमन्त्रीले त्रुटिपूर्ण बजेट ल्याएको र बहुमतले पास गरिएको भन्दै अर्थमन्त्री सुनीलप्रसाद साहको राजीनामा माग गरे  । उनले अर्थमन्त्रीको राजीनामा नआएसम्म सदनमा अवरोध जारी रहने बताए ।  

लगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रतिपक्षीको भनाइको प्रतिवाद गरे । सर्वदलीय बैठकमा नआउने र सदनमा अवरुद्ध जारी राख्ने कार्य गलत भएको उनको भनाइ थियो ।

त्यसपछि सभामुख मण्डलले प्रदेशसभा बैठक अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित भएको घोषणा गरे । प्रतिपक्षी दलहरूले दुई दिनदेखि सभामुखले बोलाएको सर्वदलीय बैठकसमेत बहिष्कार गर्दै आएका छन् । 

जनता समाजवादी पार्टी  (जसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यहरूले बैठक अवरुद्ध गर्दै आएका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : ०१ बजे

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

अब काठमाडौंमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौं – जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

संसद् छलेर नभई सहकार्यबाट अघि बढ्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले सरकारले

आधारभूत स्तर नभएका छात्रावास बन्द गर्ने तयारीका कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिने