पछिल्लो एक सातामा २ सय ६ जनामा डेंगु संक्रमण पुष्टि, संक्रमितको संख्या ३५ सय नाघ्यो  « Khabarhub

पछिल्लो एक सातामा २ सय ६ जनामा डेंगु संक्रमण पुष्टि, संक्रमितको संख्या ३५ सय नाघ्यो 


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर २ सय ६ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडि) को तथ्यांक अनुसार गत २४ घण्टामा २३ जना नयाँ संक्रमित थपिएका छन् । 

योसँगै नेपालमा डेंगु संक्रमितको संख्या ३ हजार ५ सय ८६ पुगेको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा ९ सय ९८ जनामा संक्रमण देखिएको छ भने बागमतीमा ७ सय ४५, लुम्बिनीमा ६ सय २१, कोषीमा ६ सय ७, सुदूरपश्चिममा ४ सय २१, कर्णालीमा १ सय २६ र मधेश प्रदेशमा ७१ जना संक्रमित रहेका छन् । 

अझै २ महिना डेंगुको जोखिम रहेकाले लामखुट्टेको टोकाइबाट बच्नका लागि आवश्यक सतर्कताहरू अपनाउन चिकित्सकहरू सुझाउँछन् । डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : ३९ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका