माधव नेपालले भने- हाम्रो ठूलो समस्या ओली हुन्, अझै एक्ल्याएर कमजोर बनाउन खोज्दैछन् « Khabarhub

माधव नेपालले भने- हाम्रो ठूलो समस्या ओली हुन्, अझै एक्ल्याएर कमजोर बनाउन खोज्दैछन्


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीका लागि ठूलो समस्या केपी ओली रहेको बताएका छन् ।  

शुक्रबार पार्टीको काठमाडौं क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिलेको परिस्थितिमा पार्टीका सामु ठूलो समस्याका रूपमा एमाले नेतृत्व विशेषगरि केपी ओली नै रहेको बताएका हुन् । 

कांग्रेसलाई शत्रु बनाउने, माओवादीसँग दोस्ती तोड्ने र पार्टीलाई एक्लै बनाइ कमजोर बनाउने सोच गलत रहेको उनले बताए । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ६ महिना अघि सदस्यता दिदै अध्यक्षको आश्वासन दिनेले व्यक्ति नै अहिले भण्डारीविरुद्ध लागेको जिकिर गरे ।

त्यस्तै अध्यक्ष नेपालले आफ्नो पार्टीभित्र केही नेताहरूले गडबडी गरिरहेको भन्दै अनुशासनहीन कार्य स्वीकार गर्न नसक्ने बताए ।  

उनले पार्टी नेतृत्वविरुद्ध असहमति भए महाधिवेशनमा सामना गर्न चुनौती समेत दिए । 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : ५३ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने