सामान्य विषयलाई कविले असामान्य देख्छन् : महामन्त्री थापा « Khabarhub

सामान्य विषयलाई कविले असामान्य देख्छन् : महामन्त्री थापा


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कविमा मात्र सामान्य विषयलाई असामान्य देख्ने र मिठासयुक्त बनाई पस्कन सक्ने उच्चकोटीको चेत हुने बताएका छन् ।

कवि एवं गीतकार बिसुकुमार केसीको ‘पागल हुन कहाँ सजिलो छ र’ शीर्षक कविता सङ्ग्रहको शुक्रबार लोकार्पण गर्दै उनले कविता लेखन सजिलो कर्म नभई त्यसका लागि गहिरो र गाह्रो साधना आवश्यक पर्ने विचार प्रकट गरे  ।

महामन्त्री थापाले भने, ‘केसीका प्रत्येक कविता प्रश्न जगाउने र मनलाई हलचल गराउँछ । कृतिमा प्रकृति र समाजका विभिन्न परिवेशसँग जोडिएका विषयवस्तु समेटिएको छ ।’

समाजलाई सही दिशातर्फ  सचेत गराउन चोटिलो र धारिलो भए पनि सभ्य शब्दको चयन गरेर कविताको ओजलाई कविले अझ खँदिलो तुल्याएको उनको भनाइ थियो ।

पूर्वमन्त्री शङ्करप्रसाद कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिले देशलाई विश्वमा चिनाउने भएकाले राज्यले यो विधालाई सोही दृष्टिबाट हेर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘सामान्य व्यक्तिभन्दा विषयवस्तु हेर्ने र बुझ्नेबारे कविको आँखा फरक हुन्छ । पागल हुने कुनै व्यक्तिको इच्छा नभए पनि कवि केसीले त्यसलाई सटिक ढङ्गबाट इच्छाका रूपमा देखाइदिनुभएको छ । जुन सबैका लागि कौतुहलको विषय बन्न पुगेको छ ।’

साहित्यकार डा नवराज लम्सालले सामान्यभन्दा फरक शाश्वत र यथार्थताको वर्णनले कवि र कविता विधालाई बलशाली तुल्याउने धारणा राखे । उनले भने, ‘केसीका सृजना नयाँपन, सफल, शाश्वत र सफल छ । मानवीय चेतनालाई फरक ढङ्गले प्रस्तुत गर्ने कला भएका व्यक्तिमात्र कवि हुनसक्छ भन्ने पुष्टि गरेको छ ।’

साहित्यकार सुशीला पौडेलले स्वतन्त्र, स्वच्छन्दता, स्वाभाविक र हृदयस्पर्शी विषयवस्तु र शब्दको चयन गरिएको कृतिमा आशावादी चिन्तन रहेको बताइन् । त्यस अवसरमा चलचित्र निर्देशक ज्ञानेन्द्र देउजा, शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेल, साहित्यकार वियोगी बुढाथोकीले ‘पागल हुन कहाँ सजिलो छ र’ कृतिमा समाज, जीवन र जगत्लाई सहज रूपले बुझ्न र बुझाउन सक्ने शब्द र विषयवस्तु समेटिएको बताए ।

त्यस अवसरमा कवयत्री उपमा केसीलगायत साहित्यकारले कृतिभित्रका विभिन्न कविता वाचन गरेकि थिइन् । जिन्दगी र जिन्दगीहरू, प्रकृति र परिवेश,  समय र सन्दर्भ, समाज र सास्ती,  आफू र आफन्तहरू, माया र मनहरू तथा अन्तमासहित सात खण्डमा विभाजित उक्त कृतिमा हलुका जिन्दगी, शून्य, सन्ध्या, असल साथी, छाउगोठ, खल्ती, मूर्तिले माया गर्दैन र अलप हुन पाए भन्नेलगायत शीर्षका कविता रहेका छन् ।

शिखा बुक्सले प्रकाशन गरेको एक सय ४८ पृष्ठको उक्त कृतिको सफ्ट कभर मूल्य चार सय रुपैयाँ रहेको छ । रासस

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ७ : ४३ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने