सामान्य विषयलाई कविले असामान्य देख्छन् : महामन्त्री थापा « Khabarhub

सामान्य विषयलाई कविले असामान्य देख्छन् : महामन्त्री थापा


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कविमा मात्र सामान्य विषयलाई असामान्य देख्ने र मिठासयुक्त बनाई पस्कन सक्ने उच्चकोटीको चेत हुने बताएका छन् ।

कवि एवं गीतकार बिसुकुमार केसीको ‘पागल हुन कहाँ सजिलो छ र’ शीर्षक कविता सङ्ग्रहको शुक्रबार लोकार्पण गर्दै उनले कविता लेखन सजिलो कर्म नभई त्यसका लागि गहिरो र गाह्रो साधना आवश्यक पर्ने विचार प्रकट गरे  ।

महामन्त्री थापाले भने, ‘केसीका प्रत्येक कविता प्रश्न जगाउने र मनलाई हलचल गराउँछ । कृतिमा प्रकृति र समाजका विभिन्न परिवेशसँग जोडिएका विषयवस्तु समेटिएको छ ।’

समाजलाई सही दिशातर्फ  सचेत गराउन चोटिलो र धारिलो भए पनि सभ्य शब्दको चयन गरेर कविताको ओजलाई कविले अझ खँदिलो तुल्याएको उनको भनाइ थियो ।

पूर्वमन्त्री शङ्करप्रसाद कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिले देशलाई विश्वमा चिनाउने भएकाले राज्यले यो विधालाई सोही दृष्टिबाट हेर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘सामान्य व्यक्तिभन्दा विषयवस्तु हेर्ने र बुझ्नेबारे कविको आँखा फरक हुन्छ । पागल हुने कुनै व्यक्तिको इच्छा नभए पनि कवि केसीले त्यसलाई सटिक ढङ्गबाट इच्छाका रूपमा देखाइदिनुभएको छ । जुन सबैका लागि कौतुहलको विषय बन्न पुगेको छ ।’

साहित्यकार डा नवराज लम्सालले सामान्यभन्दा फरक शाश्वत र यथार्थताको वर्णनले कवि र कविता विधालाई बलशाली तुल्याउने धारणा राखे । उनले भने, ‘केसीका सृजना नयाँपन, सफल, शाश्वत र सफल छ । मानवीय चेतनालाई फरक ढङ्गले प्रस्तुत गर्ने कला भएका व्यक्तिमात्र कवि हुनसक्छ भन्ने पुष्टि गरेको छ ।’

साहित्यकार सुशीला पौडेलले स्वतन्त्र, स्वच्छन्दता, स्वाभाविक र हृदयस्पर्शी विषयवस्तु र शब्दको चयन गरिएको कृतिमा आशावादी चिन्तन रहेको बताइन् । त्यस अवसरमा चलचित्र निर्देशक ज्ञानेन्द्र देउजा, शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेल, साहित्यकार वियोगी बुढाथोकीले ‘पागल हुन कहाँ सजिलो छ र’ कृतिमा समाज, जीवन र जगत्लाई सहज रूपले बुझ्न र बुझाउन सक्ने शब्द र विषयवस्तु समेटिएको बताए ।

त्यस अवसरमा कवयत्री उपमा केसीलगायत साहित्यकारले कृतिभित्रका विभिन्न कविता वाचन गरेकि थिइन् । जिन्दगी र जिन्दगीहरू, प्रकृति र परिवेश,  समय र सन्दर्भ, समाज र सास्ती,  आफू र आफन्तहरू, माया र मनहरू तथा अन्तमासहित सात खण्डमा विभाजित उक्त कृतिमा हलुका जिन्दगी, शून्य, सन्ध्या, असल साथी, छाउगोठ, खल्ती, मूर्तिले माया गर्दैन र अलप हुन पाए भन्नेलगायत शीर्षका कविता रहेका छन् ।

शिखा बुक्सले प्रकाशन गरेको एक सय ४८ पृष्ठको उक्त कृतिको सफ्ट कभर मूल्य चार सय रुपैयाँ रहेको छ । रासस

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ७ : ४३ बजे

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको आन्तारिक