बागमती गाउँपालिका मुलुककै उत्कृष्ट स्थानीय तह « Khabarhub

बागमती गाउँपालिका मुलुककै उत्कृष्ट स्थानीय तह


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– श्रमदानसहितको लगानीमा खेलकुद एकेडेमी, रङ्गशालालगायत संरचना बनाउन सफल मकवानपुरको बागमती गाउँपालिका खेलकुद क्षेत्रमा देशकै उत्कृष्ट स्थानीय तह बनेको छ ।

मुलुककै उत्कृष्ट स्थानीय तह बनेसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२औँ वार्षिकोत्सवमा बागमती गाउँपालिकालाई सम्मान गरिएको हो । 

आर्थिक अवस्था कमजोर भएकाले क्षमता भएर पनि माथि उठ्न नसकेका खेलाडीलाई खेलकुद एकेडेमीमा राखेर पढाइसँगै प्रशिक्षण गराउने उद्देश्यले खेलाडीको छनोट गरिरहेको पालिकाले जनाएको छ । 

पालिकाले सर्वाधिक पुरस्कार राशि रहेको गोल्डकपको आयोजना, श्रमदानबाट खेल मैदान निर्माण तथा खेलकुदका क्षेत्रमा बजेट विनियोजन गरेर योगदान गरेको भन्दै सम्मान गरिएको राखेपले जनाएको छ । नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारमा पालिकाले गरेको कार्य उदाहरणीय रहेको भन्दै सम्मान गरिएको जनाइएको छ ।

सङ्घीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य सचिव टङ्कलाल घिसिङलगायतले गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, पालिकाका खेलकुद समितिका अध्यक्ष रहरसिं थिङ, निवर्तमान अध्यक्ष अरुण बललगायतलाई सम्मानपत्र प्रदान गरे  । 

राखेपले हरेक वर्ष खेलकुद क्षेत्रमा गरेको लगानी, प्रतियोगिता आयोजना, पूर्वाधार निर्माण, खेलाडी उत्पादन, प्रोत्साहनलगायत विभिन्न नतिजाको मूल्याङ्कन गर्दै एक स्थानीय तहलाई सम्मान गर्दै आइरहेको छ । बागमती गाउँपालिकाले आफ्नै लगानीमा फुटबल रङ्गशाला निर्माण, फुटबल एकेडेमी सञ्चालन र राष्ट्रियस्तरको गोल्डकप सञ्चालन गर्दै आइरहेको छ ।

राखेपले आफ्नो वार्षिकोत्सवमा पाँच खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरेको छ । उक्त पालिकाले खेलकुद एकेडेमी सञ्चालन, रङ्गशाला निर्माण तथा सञ्चालन, विभिन्न प्रतियोगिता अयोजनालगायत विभिन्न खेलसम्बन्धी वार्षिक कार्यक्रम बनाएर बजेट विनियोजन गरिरहेको छ । हालै सम्पन्न राष्ट्रिय जुनियर उसु प्रतियोगितामा पालिकाले २५ वटा पदक प्राप्त गर्न सफल भएको छ । रासस

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ७ : ५९ बजे

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि