साफ यू–१७ च्याम्पियनसिप: एक खेल अगावै भारतले जित्यो उपाधि « Khabarhub

साफ यू–१७ च्याम्पियनसिप: एक खेल अगावै भारतले जित्यो उपाधि


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले एक खेल बाँकी रहँदै साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि सुनिश्चित गरेको छ । शुक्रबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालमाथि ५–० को फराकिलो जित दर्ता गर्दै भारत लगातार तेस्रो पटक च्याम्पियन बनेको हो।

यसअघि सन् २०१८ र २०१९ मा पनि उपाधि उचालेको भारतले यसपटक समूह चरणका पाँचै खेल जितेर १५ अंक जोडेको छ। यससँगै दोस्रो स्थानमा रहेको बंगलादेशसँग अब जित–हारले खासै फरक पार्ने छैन। बंगलादेशसँगको अन्तिम खेल जिते पनि भारतलाई पछ्याउन नसक्ने अवस्थामा छ।

उपाधि सुरक्षित गरे पनि अन्तिम खेलमा भारत र बंगलादेश आमनेसामने हुनेछन् भने नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ। हालसम्म नेपालले पाँच खेलमा ३ अंक जोडेको छ भने भुटान १ अंकमै सीमित छ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ८ : २१ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी