बेइजिङमा हुने जापानविरुद्धको परेडमा जापानकै पूर्वप्रधानमन्त्री सहभागी हुँदै | Khabarhub Khabarhub

बेइजिङमा हुने जापानविरुद्धको परेडमा जापानकै पूर्वप्रधानमन्त्री सहभागी हुँदै


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङको आयोजनामा आगामी हप्ता (सेप्टेम्बर ३) बेइजिङमा हुने सैनिक परेडमा विश्वका चर्चित नेताहरू सहभागी हुँदैछन् ।

उक्त परेडमा कडा प्रतिबन्ध झेलिरहेका केही मुलुकका नेताहरू पनि सहभागी हुँदैछन् । ती मुलुकहरूमा रूस, उत्तर कोरिया, इरान र म्यानमार पर्छन्। यसलाई पश्चिमकाविरुद्ध एक प्रकारको एकताको प्रदर्शनका रूपमा हेरिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ-उन सेप्टेम्बर ३ मा हुने ‘विजय दिवस’ परेडमा सहभागी हुनेछन्। नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।

यो परेड जापानको औपचारिक आत्मसमर्पणसँगै दोस्रो विश्वयुद्धको अन्त्य सम्झन आयोजना गरिएको हो। उनीहरू सीसँगै पहिलोपटक सार्वजनिक रूपमा देखिँदैछन्।

रूसलाई चीनले रणनीतिक साझेदार मानेको छ। २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी मुलुकहरूले बारम्बार प्रतिबन्ध लगाएका कारण यसको अर्थतन्त्र मन्दीमा धसिँदै गएको छ।

पुटिनलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनबाट सयौँ बालबालिकालाई अवैधरूपमा अपहरण गरेको युद्ध अपराधमा खोजी सूचीमा राखेको छ।

उनी अन्तिमपटक २०२४ मा चीन गएका थिए। पश्चिमी मुलुकहरूले पुटिनलाई अलग्याइरहेका छन् । युक्रेन मामिलामा उनले ठूला सम्झौता गर्न अस्वीकार गर्दै आएका छन्।

उत्तर कोरिया चीनको औपचारिक सन्धि–सहयोगी हो। यसमाथि २००६ यता आणविक हतियार र क्षेप्यास्त्र विकासका कारण संयुक्त राष्ट्रसुरक्षा परिषद्का प्रतिबन्धहरू लागू छन्। किमले अन्तिमपटक २०१९ जनवरीमा चीन भ्रमण गरेका थिए।

चीन, विश्वको दोस्रो ठूलो अर्थतन्त्र, इरानको प्रतिबन्धित तेल निर्यातको करिब ९०% किन्ने गर्छ। त्यस्तै, उसले पवनचक्की, चिकित्सकीय उपकरण र विद्युतीय सवारी साधन बनाउन आवश्यक दुर्लभ धातु म्यानमारबाट आयात गर्दै आएको छ।

यो वर्षको चीनकै सबैभन्दा ठूलो परेडमध्ये एकमा सहभागी हुने अन्य नेताहरूमा बेलारुसका राष्ट्रपति एलेक्जान्दर लुकासेन्को, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो र दक्षिण कोरियाली संसदका सभामुख ऊ वोन-सिक छन्। पत्रकार सम्मेलनमा चिनियाँ सहायक परराष्ट्रमन्त्री होङ लेईले यसबारे जानकारी दिएका हुन्।

संयुक्त राष्ट्रसङ्घतर्फबाट महासचिवका सहायक ली जुनहुआ सहभागी हुनेछन्। उनी यसअघि चीनको परराष्ट्र मन्त्रालयमा विभिन्न पदमा काम गरेका थिए, जसमा इटली, सान मारिनो र म्यानमारका लागि राजदूतसमेत रहनु भएको थियो।

चीनको विजय दिवस परेडमा जापानका पूर्व प्रधानमन्त्री युकियो हातोयामाले पनि सहभागी हुने भएका छन्। होङले जापानी पूर्वप्रधानमन्त्रीलाई निम्तो गइसकेको बताउँदै उनी सहभागी हुने निश्चित भएको जानकारी दिए ।

चीनले यसलाई ‘विश्व द्वन्द्व मुख्यतः जापानी आक्रमणविरुद्धको चीनको प्रतिरोध र विश्वव्यापी अतिवादीवादविरुद्धको युद्धको ८० औँ वार्षिक समारोह’ भनेको छ। यो विजय दिवस परेडमा जापानका पूर्वप्रधानमन्त्री युकियो हातोयामालाई निम्ता दिइसकेकाले उनले सहभागिता जनाउने होङले बताएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ८ : २३ बजे

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– गाजामा मारिएका विपिन जोशीको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार