माधव नेपालले भने : लिपुलेकबारे भारत र चीनको सम्झौता स्वीकार्य हुँदैन « Khabarhub

माधव नेपालले भने : लिपुलेकबारे भारत र चीनको सम्झौता स्वीकार्य हुँदैन


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकी मुलुक भारत र चीनले गरेको व्यापारिक सम्झौता मुलुकको राष्ट्रिय अस्मितामाथिको प्रहार भएको बताएका छन् ।

पार्टीको काठमाडौँ निर्वाचन क्षेत्र नं ७ द्वारा आज आयोजित अन्तरक्रियामा उनले नेपालको सिमाना लिपुलेकबाट व्यापारिक मार्ग सञ्चालन गर्ने निर्णय स्वीकार्य नहुने बताए ।

उनले दुई देशबीचको व्यापारिक प्रयोजनका लागि गरिएको उक्त सम्झौताले मुलुकको राष्ट्रियतामाथि आँच आएको बताउँदै त्यस्तो गतिविधि हुन नदिन सरकारले कूटनीतिक माध्यमबाट पहलकदमी लिनुपर्नेमा जोड दिए ।

सरकारले विगतमा पठाएको कूटनीतिक नोटहरूले यस्तो सम्झौता रोकिएको बताउँदै उनले महाकाली सम्झौतामा कालि नदीलाई सीमा मानिएकाले त्यसलाई अवरोध गर्नेगरी भएका हस्तक्षेपको कूटनीतिक पहल गरेर समाधान गर्नुपर्ने विचार व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना ९एमसिसी० सम्झौता पनि राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर गरिएकाले त्यो राष्ट्रियताको भावनाविपरीत कार्यान्वयन हुन नसक्ने उल्लेख गरे ।

देशमा कम्युनिष्ट आन्दोलनमा उतारचढाव आएकाले कम्युनिष्ट नेतृत्वको सरकारले पनि जनताको पक्षमा काम गर्न नसकेको बताउँदै उनले अहिले उनीहरू असन्तुष्ट रहेकाले वामपन्थी शक्तिलाई गोलबद्ध गर्ने प्रयास भइरहेको जानकारी दिए ।

समाजवादी मोर्चालाई थप सुदृढ गरी विभिन्न रूपमा विभाजित कम्युनिष्ट शक्तिबीच एकताबद्ध गरिने बताउँदै अध्यक्ष नेपालले त्यसको आधार बहुदलीय प्रतिस्पर्धात्मक समाजवाद हुने प्रष्ट पारे ।

बागमती प्रदेशमासभा सदस्य वसन्त मानन्धरले संवैधानिक निकायमा भागवण्डाले विकृति ल्याउने भएकाले त्यसको विकल्प खोज्नुपर्ने विचार व्यक्त गरे । उनले मुलुकको प्रत्येक क्षेत्रमा बिचौलिया हाबी भएकाले विकास निर्माणका कार्यले गति लिन नसकेको बताउँदै त्यसका असरले युवा श्रमशक्ति पलायन भएकामा चिन्ता व्यक्त गरे ।

पार्टी केन्द्रीय अनुशासन आयोग सदस्य विष्णु अर्याल र पार्टीको काठमाडौँ जिल्ला अध्यक्ष लेखराज पौडेलले नेपाली राजनीतिमा पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले पार्टी नीति, सिद्धान्त कार्यन्वयनमा प्रतिबद्धताको खाँचो औँल्याए ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ९ : ०७ बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु