प्रहरी अतिरिक्त महानिरीक्षक शर्माको बिदाइ « Khabarhub

प्रहरी अतिरिक्त महानिरीक्षक शर्माको बिदाइ


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कृष्णहरि शर्माको आज एक कार्यक्रमकाबीच बिदाइ गरिएको छ ।

आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी सेवाबाट सेवानिवृत्त हुन लागेका शर्माको बिदाइ गरेका हुन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवानिवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले सङ्गठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, सङ्गठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारिताका साथ सम्पन्न गरेको चर्चा गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापाले सेवानिवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्मालाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा सेवानिवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले आफ्नो सेवा अवधिमा गरेका कार्यहरूको अनुभवसहितको मन्तव्य व्यक्त गरेका थिए ।

सेवानिवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा २०५२ साल कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त हुनु भई प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा उमेरहदका कारण यही भदौ १५ गतेबाट सेवानिवृत्त हुन लागेका हुन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १० : ५० बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु