हिट फिल्मको खडेरीमा दशैँ भिडन्तले पानी पार्ला ? | Khabarhub Khabarhub

हिट फिल्मको खडेरीमा दशैँ भिडन्तले पानी पार्ला ?


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ०८२ बितेका सुरुवाती ६ महिनाको व्यापार सुखद् छैनन् ।

चलचित्र विकास बोर्डका अनुसार यो अवधिमा २१ फिल्म प्रदर्शनमा आएका छन् ।

यी मध्ये बक्स अफिसबाट सुरक्षित गर्ने फिल्म ‘ऊनको स्वीटर’ हो । यस फिल्मले ११ करोड ४१ लाखभन्दा केही बढी ग्रस कलेक्सन गरेको छ ।

यस फिल्मबाटै नवीन चौहानले निर्देशनमा डेब्यू गरेका हुन् । शीर्ष भूमिकामा नायक विपीन कार्की र नायिका मिरुना मगर छन् ।

त्यस्तै, ५ करोड ग्रस कटाउने अर्को फिल्म ‘मोहर’ मात्रै हो ।

पाँच करोड ग्रस कटाउने फिल्मलाई हिटको ट्याग दिने प्रचलन छ । यस अर्थमा ‘मोहर’ हिट बनेको छ ।

यो फिल्मले नायक पल शाहलाई फ्लप फिल्मको ह्याट्रिकबाट बचाएको छ । पलका यसअघिका दुई फिल्म ‘मायावी’ र ‘रावायण’ फ्लप भएका थिए ।

‘मोहर’ नायिका नीति शाहको पहिलो हिट फिल्म हो ।

यो ६ महिनामा प्रदर्शनमा आएको डिजास्टर फ्लप फिल्म ‘हेलो काँशीराम’ हो । नायक दीलिप रायमाझी शीर्ष भूमिकामा रहेको यो फिल्मको लाइफटाइम ग्रस कलेक्सन ३४ हजार २०० मात्रै छ ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्म १३२ दर्शकले मात्रै हेरेका छन् ।

महानायकको कम ब्याक फ्लप

फिल्म ‘नरसिंहा : अभतार’ले ८ वर्षपछि महानायक राजेश हमाल कमब्याक गरायो ।

फिल्म प्रदर्शनका दौरान यो फिल्म निर्माण टिमको बाक्लैसँग हल भिजिटमा निस्किएको थियो ।

तर, यो फिल्म बक्स अफिसमा फ्लप भएको छ । बोर्डका अनुसार यसको ग्रस कलेक्सन एक करोड ८२ लाख छ ।

अर्थात्, महानायक हमालको कमब्याक फिल्म पनि फ्लपको लिस्टमा समावेश भएको छ ।

व्यस्त सौगात तर फिल्म फ्लप

२०८२ सालको यसबेलासम्म सबैभन्दा बढी व्यस्त देखिएका नायक सौगात मल्ल हुन् ।

यो वर्ष लाग्दै गर्दा हलमा उनको अभिनय रहेको फिल्म ‘पिताम्बर’ प्रदर्शनरत थियो ।

त्यसयता उनी शीर्ष भूमिकामा रहेका तीन फिल्म ‘जार’, ‘जन्ते बाख्रो’ र ‘सिटामोल’ प्रदर्शनमा आइसके ।

यी तीनै फिल्म बक्स अफिसमा फ्लप भएका छन् ।

बोर्डका अनुसार ‘जन्ते बाख्रो’ले ३९ लाख र ‘सिटामोल’ले ४९ लाख ग्रस कलेक्सन गरेको छ ।

जो जोडिएका थिए ‘पूर्णबहादुरसँग सारङ्गी’सँग

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी व्यापार गर्‍यो ।
तर, यो फिल्ममा निर्माताबीचको आर्थिक लफडाले टिम टुक्रियो ।

फलतः निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’मा हात हाले । यो फिल्मले पनि सुखद् व्यापार गर्न सकेन ।

‘पूर्णबहादुरको सारङ्गी’का निर्देशकको फिल्म भनेर ‘कोशेढुङ्गा’को प्रचार गरिएको थियो ।

यस फिल्म अहिलेसम्म एक करोड ७० लाखको व्यापार गरेको छ ।

त्यस्तै, विजय बराल शीर्ष भूमिकामा रहेको फिल्म ‘जनै हराएको मान्छे’को प्रचारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’को नाम प्रयोग भएको थियो ।

‘पूर्णबहादुरको सारङ्गी’ पछि विजय शीर्ष भूमिकामा रहेको फिल्म भन्ने कोणमा उक्त फिल्मको नाम प्रयोग भएको हो ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्मको लाइफटाइम ग्रस कलेक्सन एक करोड २३ लाख छ ।

‘माग्ने राजा’को कमाई कति ?

प्रदर्शनअघि निकै चर्चामा आएको फिल्म हो– माग्ने राजा ।

केदार घिमिरे ‘माग्ने बूढा’ले यही फिल्मबाट शीर्ष भूमिकामा डेब्यू गरेका हुन् ।

उनको डेब्यू खासै सुखद् देखिएन । यो फिल्मले हिटको आँकडा पनि छुन सकेको छैन ।

बोर्डका अनुसार यस फिल्मले असोज पहिलो सातासम्म चार करोड ७० लाख ग्रस कलेक्सन गरेको छ ।

यो फिल्म अझै प्रदर्शनरत छ ।

दशैँ भिडन्त

यो वर्ष प्रदर्शनमा आएका पाँच करोडभन्दा कम र एकभन्दा बढी व्यापार गर्ने फिल्मको संख्या चार छ ।

यो सूचीमा ‘जनै हराएको मान्छे’, ‘रिमै’, ‘कोशेढुङ्गा’, ‘माग्ने राजा’ र ‘नरसिंह : अभतार’ पर्छन् ।

पाँच करोडमाथि व्यापार गर्ने फिल्म ‘मोहर’ हो । १० करोड व्यापार कटाउने एक्लो फिल्म ‘ऊनको स्वीटर’ हो ।

अर्थात्, यो वर्षको विगतको महिनामा नेपाली फिल्मको व्यापार उत्साहजनक छैनन् ।

वैशाख २६ मा प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ले मात्रै बक्स अफिसबाट लगानी उठाएको छ ।

फूलपाती अर्थात् असोज १३ बाट तीन फिल्म ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ एक साथ प्रदर्शनमा आएका छन् ।
यी तीन फिल्मलाई नेपाली हिट फिल्मको खडेरी तोड्ने अवसर छ ।

स्टार नायक समीर शीर्ष भूमिकामा रहेको फिल्म ‘बलिदान’को अग्रिम टिकट बिक्री आक्रामक छ ।

‘हरिबहादुरको जुत्ता’को शीर्ष भूमिकामा हरिवंश आचार्य छन् । उनको आइकोनिक क्यारेक्टर ‘हरिबहादुर’को कथामा यो फिल्म बनेको हो ।

सोहीकारण पनि यो फिल्मले दर्शकबाट साथ पाउने सम्भावना उच्च छ ।

‘माइतीघर’को प्रचार व्यापक भएको छ । यस फिल्ममा प्रकाश सपुत, नायक धिरज मगर र नायिका उपसासिंह ठकुरी शीर्ष भूमिकामा छन् ।

यसलाई राम्रो व्यापार गर्न सक्ने फिल्मका रुपमा लिइएको छ ।

दशैँमा दुई फिल्म ब्लकबस्टर हुन्छन् भन्ने उदाहरण गत वर्षले सेट गरेको छ ।

अब यी मध्ये कुन फिल्मले दर्शकको साथ पाउँलान् ?

जे होस् हिटको खडेरी तोड्ने मौका यी सबै फिल्मलाई उत्ति नै छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ८ : ३९ बजे

अनियमितताको आरोपमा छानबिन समिति गठन

काठमाडौं– सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख मेकानिकल इन्जिनियर रोशनकुमार देव

दशैं नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व : सभामुख घिमिरे

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दशैं नेपाली समाजमा मेलमिलाप र

निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध

राजनीतिक जटिलताको समाधान संविधानले नै दिनुपर्छ : देउवा  

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विषम

‘नायिकासँग टिकटक बनाउँदा श्रीमती रिसाउँछिन्’

काठमाडौं – ‘पाण्डे जी’ फिल्मका पर्दा पछाडिको ‘हिरो’ हुन् ।