‘नायिकासँग टिकटक बनाउँदा श्रीमती रिसाउँछिन्’ « Khabarhub

‘नायिकासँग टिकटक बनाउँदा श्रीमती रिसाउँछिन्’

नेपाली सिनेमाका संकटमोचक पाण्डेजी


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘पाण्डे जी’ फिल्मका पर्दा पछाडिको ‘हिरो’ हुन् । उनको नाम शंकर पाण्डे र उपनाम ‘पाण्डे जी’ हो ।

पाण्डेलाई बोलाउन धेरैले उपनाम नै प्रयोग गर्छन् । उनलाई यही प्रिय लाग्छ ।

‘पाण्डेजी’ चल्तीका प्रोडक्सन डिजानर हुन् । फिल्ममा जसको काम छायाङ्कन लागि प्रबन्ध मिलाउने हो । निर्देशकलाई आवश्यक परेको सामाग्री जुटाउने हो ।

यो काममा ‘पाण्डे जी’ खप्पिस छन् । उनीसँग काम गरेका निर्देशकहरु भन्छन्, ‘पाण्डेलाई माग्नु मात्र पर्छ ल्याउन नसक्ने केही छैन ।’

एक फिल्म छायाङ्कनका लागि लासको खोज्न आर्यघाटमा पुगेको ‘पाण्डे जी’ वरिष्ठ कलाकार नीर शाहसँग जम्काभेट भएर उम्किएका पनि छन् ।

पाण्डे सुनाउँछन्, ‘लास खोज्न गएको थिएँ । लास हेर्दै थिएँ । नीर सरले भन्नुभयो– लास दिन आउनुभएको होला, त्यो मेरो मान्छेको हो । म होइन भनेर उम्किए तर लास खोज्नै गएको थिएँ ।’

पाण्डेलाई निर्देशकहरुले छायाङ्कनका लागि कमिलादेखि मान्छेको लाससम्म मागेका छन् । यसको कारणबारे उनको बुझाइ छ, ‘यसलाई माग्यो भने लिएर आउँछ भन्ने भएर मागेका हुन् ।’

तर, ‘पाण्डे जी’लाई खोज्न निकै गाह्रो भएको मध्ये एक ‘मरेको काग’ हो । छायाङ्कन तालिका तलमाथि गरेर आफूले तीन दिन लगाएर काग उपलब्ध गराएको समेत उनी बताउँछन् ।

भन्छन्, ‘काग तीन दिन लगाएर खोजेँ । काग फेला पारेर निर्देशकलाई लगेर दिएँ पनि । तर निर्देशकले मानवीय हिसाबले कागको ज्यान लिनु उचित नहुने निष्कर्षमा पुगेपछि यो दृश्य नै हटाउनु भएछ । मैले उहाँले भनेको पूरा गरेँ पनि ।’

‘पाण्डे जी’को स्मरण शक्ति पनि फोन नम्बर याद गर्ने मामलामा अद्भूत नै छ । उनीलाई आफूले सहकार्य गरेका नायक, नायिका, निर्देशक, निर्मातालगायत धेरै सहकर्मीको नम्बर कण्ठै छ ।

उनी भन्छन्, ‘मलाई कम्तीमा एक हजार व्यक्तिको नम्बर याद होला । घर परिवार, आफन्त र फिल्म क्षेत्र धेरै जसो व्यक्तिको नम्बर मैले सेभ गरेको छैन । कण्ठै छ ।’

‘पाण्डे जी’ सामाजिक सञ्जालमा पनि चर्चित छन् । नायिकाहरुसँग बनाएका उनका धेरै जसो टिकटक भाइरल छन् ।
यो कारण ‘पाण्डे जी’ले श्रीमतीको गाली पनि खाँदा रहेछन् ।

पाण्डे सुनाउँछन्, ‘किन नायिकासँग टिकटक बनाएको ? कामले हो कि के हो ? किन नायिकासँग मात्रै बनाएको ? भनेर श्रीमतीले प्रश्न गर्छिन् । कहिलेकाहीँ त रिसाउँछिन् पनि । तर, मेरो काम र टिकटक बनाउनुको उद्देश्यबारे बताएपछि उनी चुप बस्छिन् ।’

फिल्मका काम गर्दा किस्सामा परिणत भएका घटना ‘पाण्डे जी’ खबरहबसँग सेयर गरेका छन् ।

थप यो भिडियोमा :

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १० : ३२ बजे

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

यूएई र साउदीका सबै उडान अवरुद्ध : रियादको अमेरिकी दूतावासमा आक्रमण

दुबई – इरान र इजरायल–अमेरिका गठबन्धनबीचको सैन्य मुठभेड खाडीका अन्य

तेहरान र बेरुतमा भीषण बमबारी

तेहरान – इजरायली सेनाले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा

अमेरिकाले भन्यो- इरानमाथि कडा प्रहार हुन बाँकी छ

तेहरान- इरान र अमेरिकाबीचको तनाव चरम बिन्दुमा पुगेको छ। इरानले

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल