एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित « Khabarhub

एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपको उपाधि भारतले उचालेको छ । गएराति यूएईमा भएको फाइनल भिडन्तमा भारतले पाँच विकेटको जित निकालको हो ।

टस जितेर सुरुमा फिल्डिङ गरेको भारतलाई पाकिस्तानले १४७ रनको लक्ष्य दिएको थियो । भारतले १९ ओभर चार बलमा पाँच विकेटको क्षतिमा १५० रन बनाउँदै उक्त लक्ष्य पूरा गरेको हो ।

आक्रामक सुरुवात गरेको पाकिस्तानको पछिल्लोक्रम सम्हालिएर खेल्न नसक्दा उपाधि गुमाएको हो । पाकिस्ताने १९ ओभर एक बलमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो । उसका लागि साहिबजादा प्रहानले अर्धशतक हिर्काए । ३८ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्काको मद्दतमा ५७ रन बनाए । फकर जमानले ४६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ भारतका कुलदीप यादवले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दा ३० रन खर्चिएका थिए । उसका लागि जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पट्टेलले दुईदुई विकेट हात पारे ।

१४७ रनको लक्ष्य पछ्याएको भारतका लागि तिलक बर्माले अर्धशतकीय इनिङ खेले । ५३ बलको सामना गरेका उनले नटआउट ६९ रन बनाएका हुन् । भारतको जितमा शिभव दुवेले ३३ थन जोड्दा सन्जु श्यामसनले २४ रन थपे । पाकिस्तानका लागि फाइम अस्रफले तीन विकेट हात पारे भने अफ्रिदी र अब्रार अहमदले एकएक विकेट लिए ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ५ : ३६ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत