एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित « Khabarhub

एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपको उपाधि भारतले उचालेको छ । गएराति यूएईमा भएको फाइनल भिडन्तमा भारतले पाँच विकेटको जित निकालको हो ।

टस जितेर सुरुमा फिल्डिङ गरेको भारतलाई पाकिस्तानले १४७ रनको लक्ष्य दिएको थियो । भारतले १९ ओभर चार बलमा पाँच विकेटको क्षतिमा १५० रन बनाउँदै उक्त लक्ष्य पूरा गरेको हो ।

आक्रामक सुरुवात गरेको पाकिस्तानको पछिल्लोक्रम सम्हालिएर खेल्न नसक्दा उपाधि गुमाएको हो । पाकिस्ताने १९ ओभर एक बलमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो । उसका लागि साहिबजादा प्रहानले अर्धशतक हिर्काए । ३८ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्काको मद्दतमा ५७ रन बनाए । फकर जमानले ४६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ भारतका कुलदीप यादवले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दा ३० रन खर्चिएका थिए । उसका लागि जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पट्टेलले दुईदुई विकेट हात पारे ।

१४७ रनको लक्ष्य पछ्याएको भारतका लागि तिलक बर्माले अर्धशतकीय इनिङ खेले । ५३ बलको सामना गरेका उनले नटआउट ६९ रन बनाएका हुन् । भारतको जितमा शिभव दुवेले ३३ थन जोड्दा सन्जु श्यामसनले २४ रन थपे । पाकिस्तानका लागि फाइम अस्रफले तीन विकेट हात पारे भने अफ्रिदी र अब्रार अहमदले एकएक विकेट लिए ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ५ : ३६ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान