एसिया कप विवाद : भारत–पाकिस्तानबीच आरोप–प्रत्यारोप « Khabarhub

एसिया कप विवाद : भारत–पाकिस्तानबीच आरोप–प्रत्यारोप


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एसिया कप–२०२५ को फाइनलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरी उपाधि जितेपछि दुवै देशका खेलाडीबीच आरोप–प्रत्यारोप चर्किएको छ ।

पाकिस्तानका कप्तान सलमान अघाले भारतको व्यवहारलाई ‘क्रिकेटप्रति अनादर’ भनेका छन् भने भने भारतीय कप्तान सूर्यकुमार यादवले च्याम्पियन टोलीलाई ‘ट्रफीबाट वञ्चित’ गरिएको गुनासो सार्वजनिक गरेका छन् ।

आइतबार दुबईमा भएको उपाधि निर्णायक खेलपछि तेस्रो खेलमा जस्तै दुवै टोलीले हात मिलाउन अस्वीकार गरे । भारतीय टोलीले पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष तथा एसीसीका प्रमुख मोहसिन नकवीबाट ट्रफी लिन नमानेपछि र विजय समारोहमा समेत सहभागी नभएपछि स्थिति झनै बिग्रियो ।

पत्रकारहरूसँग कुरा गर्दै कप्तान सूर्यकुमारले भने, ‘मैले क्रिकेट खेल्न थालेदेखि आजसम्म कहिल्यै देखेको थिइनँ कि च्याम्पियन टोलीलाई ट्रफी दिनै नमानिएको होस् । हामीले मैदानमै बसेर सामूहिक निर्णय गरेका थियौँ । वास्तविक ट्रफी त मेरा खेलाडी र सहयोगी स्टाफ हुन्, जुन ड्रेसिङ रुममै छन् । ठूलो पर्दामा ‘भारत एसिया कप २०२५ को विजेता’ भनेर देखिनु नै हाम्रो लागि ठूलो गौरव हो ।’

फाइनलपछि करिब एक घण्टा ढिलाइ गर्दै गरिएको समारोहमा उद्घोषक साइमन डुलले सार्वजनिक रूपमा भने , ‘भारतीय टोलीले पुरस्कार ग्रहण नगर्ने निर्णय गरेको एसिसीले मलाई जानकारी गराएको छ । यसैसँगै आजको प्रस्तुती समारोह समाप्त हुन्छ ।’

यस घटनापछि पाकिस्तानका कप्तान सलमान अघा असन्तुष्ट देखिए । 

उनले भने, ‘प्रतियोगिताभर भारतले जे व्यवहार देखायो, त्यो क्रिकेटका लागि निकै निराशाजनक हो । यदि उनीहरूले हामीसँग हात नमिलाएर हाम्रो अनादर गरेको सोच्दा हुन् भने, वास्तवमा उनीहरूले खेलको नै अनादर गरेका हुन् । हामीले भने खेल ‘स्पिरिट’ अनुसार पदक लिएर फर्कियौँ ।’

यस पटकको एसिया कप विशेष संवेदनशील मानिएको थियो, किनकि यसअघि मात्र आणविक–सशस्त्र दुवै छिमेकीबीच घातक झडप भएको थियो । प्रतियोगिताका अघिल्ला खेलमै राजनीतिक सङ्केतहरू र मैदानमै आक्रामक शैली देखिँदा तनाव बढेको थियो ।

अघाले अन्त्यमा भने, ‘यो पहिलोपटक देखिएको घटना हो । यसरी चलिरह्यो भने भविष्यमा कहाँ पुग्छ भन्ने अनुमान गर्नै सकिँदैन । यो क्रिकेटका लागि राम्रो होइन ।’

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १ : ५५ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट