कोसी सडक एक महिनादेखि अवरुद्ध « Khabarhub

कोसी सडक एक महिनादेखि अवरुद्ध


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– उत्तर–दक्षिण कोसी सडकअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथांका सडकखण्ड भदौ १५ गतेको भीषण पहिरोका कारण एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ अल्फटे क्षेत्रमा आएको पहिरोले करिब २०० मिटर सडक बगाएपछि आवागमन ठप्प भएको हो ।

सडक अवरुद्ध हुँदा यातायातसँगै आसपासका गाउँबस्तीका स्थानीयको जनजीवन प्रभावित भएको छ । पहिरोका कारण सडक मात्र नभई निजी जग्गा, खेतबारी, बालीनाली र बोटबिरुवामा  क्षति पुगेको स्थानीयले बताएका छन् ।

सडक योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङका अनुसार भू–स्खलन प्रभावित क्षेत्रमा माटो दलदले भएको र भारी मेसिन परिचालन गर्न कठिन भएकाले तत्काल सडक सञ्चालन सम्भव छैन । नदीको बहाव अझै नघटेको र मौसम अनुकूल बनेलगत्तै मर्मत कार्य सुरु गर्ने तयारी भएको गुरुङले बताए।

जिल्ला प्रशासन कार्यालय, भोटखोला र मकालु गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाबीच निरन्तर समन्वय भइरहेको छ । तर, सडक खुल्न ढिलाइ हुँदा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत रोकिएपछि स्थानीय थप समस्यामा परेका छन् । भोटखोलाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ । सडक बन्द भएपछि जनजीवन निकै कष्टकर भएको  अध्यक्ष भोटेले बताए।

सडक योजना कार्यालयले विज्ञप्ति जारी गर्दै अवरोधका कारण भएको असुविधाप्रति सार्वजनिक रूपमा क्षमा मागेको छ । 

गुरुङले भने, ‘अनुकूल मौसम बनेलगत्तै सडक यथाशीघ्र सञ्चालनमा ल्याइनेछ ।’

उत्तर-दक्षिण कोसी सडक पूर्वी नेपाललाई चीनसँग जोड्ने महत्वपूर्ण रणनीतिक मार्ग भएकाले सडक अवरोधका कारण स्थानीय मात्र नभई राष्ट्रियस्तरमै चुनौती थपिएको सरोकारवालाले बताएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  २ : ५८ बजे

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको