चर्खेपिङ संरक्षण गर्दै गाउँले « Khabarhub

चर्खेपिङ संरक्षण गर्दै गाउँले


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गलकोट– चर्खेपिङ लोप हुँदै गएपछि यहाँको बागलुङ नगरपालिका–९ सिगानाका स्थानीयले संरक्षण सुरु गरेका छन् । स्थानीय राज जिसीले गतवर्षदेखि आफ्नै लगानीमा चर्खेपिङ निर्माण गरेका छन् ।

बढ्दो बसाइसराइँका कारण गाउँमा जनशक्ति अभाव हुँदा  राख्न छाडिएको पिङ यहाँ १३ वर्षपछि हाल्न थालिएको हो । पहिले पहिले यहाँ एउटै गाउँमा तीनदेखि चार वटा चर्खेपिङ हाल्ने गरिन्थ्यो । जिसीले एउटा चर्खेपिङ निर्माण गर्न व्यक्तिगत ४० हजार रुपैयाँ लगानी गरेको बताए ।

‘पोहोरकै सामाग्रीहरू जडान गरेर यसपालि पनि पिङ हालिएको छ’, उनले भने ‘पछिल्लो समय देखिनै छाडेको चर्खेपिङ संरक्षण गर्नु सबैको दायित्व हो ।’ 

विगत चार वर्षदेखि बागलुङ नगरपालिका–५ साँझखोलाको सुनाखरी सामुदायिक वन र स्थानीय युवाहरुको स्थानीयहरुले पनि चर्खेपिङ हाल्न थालेको स्थानीय जुना न्यूरेले बताए।  एघार वर्ष अघि मालिकाको पञ्चासेमा चर्खेपिङ हालिएको र तीन वर्ष यता साँझखोलामा संरक्षणका लागि चर्खेपिङ हालिएको न्यूरेले बताए।

दसैँमा भूँइ छाड्नुपर्छ भन्ने परम्परागत मान्यता छ । दसैँतिहारमा चर्खेपिङ, रोटेपिङ र लिङ्गे पिङ हाल्ने चलन छ । ‘यहाँ लिङ्गे पिङ नै थियो, गत वर्ष सामुदायिक वनको सक्रियतामा परम्परा संरक्षण गर्न चर्खेपिङ हाल्ने निर्णय गरेर लिङ्गेपिङको सट्टा चर्खेपिङ हालियो’, न्यूरेले भने , ‘१० वर्ष पहिला मालिकाको पन्चासेमा दुई वर्ष मात्रै चर्खे पिङ हालिएको थियो, त्यस यता चर्खे पिङ थिएन, गत वर्षबाट साझोखोलामा चर्खेपिङ हाल्न थालिएको हो ।’

न्यूरेका अनुसार चर्खेपिङ महङ्गो हुने भएकाले सुनाखरी सामुदायिक वन उपभोक्ता समिति मार्फत काठ लिएर २० हजार रुपैयाँ खर्चेर पिङ तयार गरिएको हो । बागलुङ नगरपालिका–८ सिगानाको सायकोट गाउँमा दशैं तिहारमा चर्खे पिङ नहालेको १० वर्ष पुग्यो । 

दुई दशकअघि गाउँ–गाउँमा अनिवार्यजसो चर्खेपिङ बनाइने गरे पनि अहिले चर्खे पिङ देखिनै छाडेको बागलुङ बजारका स्थानीय काजी गाउँले श्रेष्ठले बताए।

 ‘कतिपयले संस्कृतिको संरक्षणका लागि गाउँमा चर्खेपिङ बनाएका छन् , तर अहिले गाउँनै पिच्छे चर्खेपिङ देख्न पाइँदैन’, उनले भने, ‘अब स्थानीय तहले चर्खेपिङ संरक्षण नगरे अबको पाँच वर्षपछि चर्खेपिङ हैन लिङ्गे पिङ समेत हराउँछ ।’

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ४ : २५ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने