विधिपूर्वक कालरात्रि देवीको पूजा आराधना सम्पन्न « Khabarhub

विधिपूर्वक कालरात्रि देवीको पूजा आराधना सम्पन्न


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवरात्र अर्थात् दुर्गा पक्षको सातौँ दिन आज दसैँ घर वा पूजा कोठामा कालरात्रि देवीको विशेष पूजा आराधना गरिएको छ । 

बडादसैँ अर्थात् दुर्गा पक्षको नौ दिनसम्म दुर्गा देवीका नौ रूपको विशेष पूजा आराधना गर्ने शास्त्रीय परम्परा छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्माचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विशेष पूजा आराधना हुने गर्छ । 

यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुनेलगायत धार्मिक विश्वास छ । 

नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ । दसैँको महत्वपूर्ण दिन विजयादशमीका अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने कुल परम्पराअनुसार यस अवसरमा सेतो अक्षताको टीका लगाउँछन् । 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ७ : ०१ बजे

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा