मिथिलामा आजदेखि सुरु भयो प्रतिमा पूजन « Khabarhub

मिथिलामा आजदेखि सुरु भयो प्रतिमा पूजन


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– बडा दसैँको सप्‍तमीका दिन माता दुर्गा भवानीको प्रतिमा अनावरण गरिएपछि महोत्तरीसहित सम्पूर्ण मिथिलामा आजदेखि दुर्गा भवानीको प्रतिमा पूजन सुरु भएको छ ।

महोत्तरीलगायत तराई मधेसको प्रत्येक जिल्ला तथा गाउँठाउँमा दुर्गा प्रतिमा बनाइएको मन्दिरहरूमा अहिले माता दुर्गा भवानीको प्रतिमा पूजनका लागि श्रद्धालु भक्तजनको घुँइचो लागेको छ ।

आ-आफ्ना गच्छेअनुसार शङ्गारका सबै वस्तु, लत्ताकपडा, आभूषण, फलफूल, मिठाई, नरिवल, पान, सुपारीलगायत वस्तुहरूका साथ महिला, पुरुषहरू अहिले दुर्गा मन्दिरहरू लामबद्ध भएर माता भवानीका पूजाअर्चना गरिन्छ । 
    
बडादसैँको बेला माता दुर्गा भवानीको प्रतिमाको पूजाअर्चना गरेमा घरपरिवारमा खुसियाली रहने, सुख, शान्ति, समृद्धि प्राप्त हुने विश्वास रहेको जलेश्वर–२ का भक्तजन सुदिश साहले बताए। 

उनका अनुसार बडादसैँमा मिथिला क्षेत्रमा माता दुर्गा भवानीको प्रतिमाको पूजाअर्चनाको विशेष महत्व रहेका कारण यस मिथिला क्षेत्रका प्रत्येक घरका महिला, पुरुषसहित अन्य सदस्यहरू पनि अनिवार्य रुपमा दुर्गा भवानीको पूजाअर्चना गर्ने गर्दछन् ।

मिथिला क्षेत्रमा दुर्गा भवानीको प्रतिमा पूजाअर्चना गर्नाले दुःखीले दुःखबाट मुक्ति पाउने, निःसन्तानले सन्तान पाउने, अभागीले भाग्य पाउने, गरिब धनवान् हुने जस्ता मान्यता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताए।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ७ : ०५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको