दसैँले बजार चलायमान, व्यवसायीलाई राहत « Khabarhub

दसैँले बजार चलायमान, व्यवसायीलाई राहत


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– बडादसैँको चहलपहलसँगै यहाँका बजार पनि चलायमान भएका छन् । यहाँको नारायणगढ बजारमा किनमेल गर्नेहरूको धेरै भीड देखिन्छ । 
 
दसैँको समयमा विशेषगरी कपडा, जुत्ताचप्पल, खाद्यान्न, भाँडाकुँडा, सुनचाँदीलगायत पसलमा बढी भिड देख्न सकिन्छ । यहाँको मिलनरोड, सहिदचोक, कमलनगर, पुतलीबजार, लायन्सचोकलगायत स्थानमा भीडभाड बढेको छ । दसैँमा गाउँघर जानेहरू आवश्यक सामान किन्न र बाहिरबाट आएकाहरूको उपस्थितिले चहलपहल हुने गर्छ ।
 
नारायणगढ बजारमा बिहानैदेखि साँझ अबेरसम्म भिडभाड हुने गरेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमन श्रेष्ठले बताए। बजारमा चहलपहल बढे पनि अपेक्षाकृत व्यापार भने हुन नसकेको उनले बताए। 
 
नारायणगढ बजारमा घटस्थापनापछि भीडभाड र चलहपहल बढेको फेन्सी व्यवसायी सङ्घ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले बताए। 

उनले भने, ‘दसैँ नजिकिएसँगै बजारमा निकै भीड बढेको छ । पछिल्लो समय देशमा भएको राजनीति घटनाक्रम र आन्दोलनका कारण चहलपहलअनुसार व्यापार भने छैन ।’

पछिल्लो समय सुनचाँदी क्षेत्रमा व्यापार बढ्न सकेको छैन । मूल्य निरन्तर बढेपछि विगतमा जस्तो सुनचाँदीको व्यापार नभएको व्यवसायी बताउँछन् । न्यू लोकमान एण्ड सन्सका सञ्चालक ज्ञानेन्द्रमान शाक्य यो क्षेत्र विदेशमा रहेकाहरूले यहाँ आएर विवाह गर्ने र सुनचाँदी किन्ने भएकाले केही राहत मिलेको बताउँछन्।

‘विगतमा जस्तो सुनचाँदी किन्नेहरू छैनन् । पुराना सुन ल्याउने र नयाँ बनाएर लैजानेको सङ्ख्या बढी छ । मूल्य बढ्ने आशमा पुराना सुन बिक्री गर्नेहरू भने घटेका छन्’, उनले भने, ‘विगतको जस्तो व्यापार नभए पनि चाडपर्व भएका कारण अरु समयको भन्दा बढी चहलपहल छ ।’
 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ७ : ३४ बजे

अफगानिस्तानमा कार्बन मोनो-अक्साइड विषाक्तताका कारण चार जनाको मृत्यु

एजेन्सी – मध्य अफगानिस्तानको दयाकुन्डी प्रान्तको प्रान्तीय राजधानी निलीमा कार्बन

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय

एजेन्सी– अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा

माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले किसानले

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने