इरानद्वारा इजरायलको मोसादका जासुसी आरोपितलाई मृत्यु दण्ड « Khabarhub

इरानद्वारा इजरायलको मोसादका जासुसी आरोपितलाई मृत्यु दण्ड


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानले सोमबार इजरायलको गुप्तचर एजेन्सी मोसादको तर्फबाट जासुसीको आरोपमा दोषी ठहरिएका व्यक्तिलाई मृत्युदण्ड दिएको इरानी मिजान समाचार एजेन्सीले जनाएको छ ।

बहमान चौबी–अस्ल भनेर चिनिएका व्यक्तिलाई न्यायिक कार्यवाही र इरानको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय कायम राखेपछि फाँसी दिइएको हो ।

चौबी–अस्ल ‘इरानमा इजरायलका सबैभन्दा महत्त्वपूर्ण जासुसहरू मध्ये एक थिए र डेटाबेसको क्षेत्रमा मोसादसँग सचेत र व्यापक रूपमा सहयोग गरेका थिए’, कम्पनीमा उनको उपस्थितिका कारण, चौबी–अस्लले प्रबन्धकको रूपमा इरानको संवेदनशील दूरसञ्चार परियोजनाहरूमा प्रवेश गर्न सफल भएको बताइएको छ । 

दोषीसँग इरानको महत्वपूर्ण र सार्वभौम तथ्यांकमा  पहुँच भएको स्वीकारोक्तिमा, चौबी–अस्लले उनीसँग सहकार्य गरेर मोसादले इरानी सरकारी संस्थाहरूको तथ्यांकमा पहुँच प्राप्त गर्न, इरानको तथ्यांक केन्द्रमा घुसपैठ गरी देशमा इलेक्ट्रोनिक उपकरणहरू हस्तान्तरण गर्ने तरिकाहरू पत्ता लगाउन खोजेको जनाइएको छ । 

यसले मोसादका लागि गुप्तचर संकलन गर्ने बदलामा अन्य कुराहरूका साथै दोषीले पैसा प्राप्त गरेको बताएको छ ।

सेप्टेम्बर- १७ मा इरानले बाबक शाहबाजी भनेर चिनिएका एक व्यक्तिलाई मृत्युदण्ड दिएको थियो, जसलाई मोसादका लागि जासुसीको अभियोगमा पनि दोषी ठहर गरिएको थियो ।

त्यसबेला मिजानको प्रतिवेदन अनुसार शाहबाजीलाई पैसा र तेस्रो देशको नागरिकताको बदलामा मोसादलाई इरानी संवेदनशील तथ्यांक तथा जानकारी बेचेर इजरायलसँग गुप्तचर र सुरक्षा सहयोग गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ७ : ४६ बजे

अफगानिस्तानमा कार्बन मोनो-अक्साइड विषाक्तताका कारण चार जनाको मृत्यु

एजेन्सी – मध्य अफगानिस्तानको दयाकुन्डी प्रान्तको प्रान्तीय राजधानी निलीमा कार्बन

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय

एजेन्सी– अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा

माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले किसानले

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने