सुनकोशीमा पुल नहुँदा खोटाङ जानेलाई सास्ती « Khabarhub

सुनकोशीमा पुल नहुँदा खोटाङ जानेलाई सास्ती


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती भएको छ । काठमाडौंलगायत तराईका विभिन्न भाग भएर उदयपुरको गाईघाट हुँदै सगरमाथा मार्ग भएर खोटाङ जाने यात्रु यात्राले सबैभन्दा बढी सास्ती खेप्नु परेको छ ।

गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशीमा पुल नहुँदा दसैँको समयमा सिद्धिचरण मार्ग हुँदै ओखलढुङ्गाको लामो यात्रा गरेर खोटाङ जानुपर्ने बाध्यता रहेको छ ।

यहाँ निर्माण गरिएको पक्की पुल गत वर्ष असोजमा आएको बाढीले भत्काएको थियो । त्यसको आठ महिनाअघि जडान गरिएको बेलिब्रिजसमेत खोलिएपछि दशैंको समयमा पहाडी क्षेत्र खोटाङ जाने यात्रुले महँगो भाडा तिरेर लामो घुम्ती सडकमार्ग भएर जानुपर्ने बाध्यता रहेको यात्रुहरू गुनासो गरेका छन् ।

हाल सिद्धिचरण मार्गअन्तर्गत ओखलढुङ्गा भएर वा सुनसरीको धरानस्थित धनकुटा, भोजपुर घोडेटार भएर टेम्के मैयुङ हुँदै खोटाङ पुग्न बाध्य हुन परेको छ । दशैं मनाउनका लागि साउदी अरबबाट आफ्नो घर खोटाङ जान लागेका दिनेश राई भन्छन्, “पहिले गाईघाटबाट सिधैैँ दिक्तेल जान पाइन्थ्यो । गाईघाटबाट रु एक हजारमा छ घण्टाको यात्रामा घर पुग्ने गरिएका अब कटारी हुँदै सिद्धिचरण मार्ग भएर ओखलढुङ्गा जयराम घाटबाट खोटाङ जान बाध्य भएको छु । एक दिनभन्दा बढी समय र तीन हजारभन्दा बढी खर्च भइरहेको छ ।”

खोटाङ दिक्तेल खिदीमाका ४५ वर्षीय टीकाराम खड्काले पनि वर्षौपछि दसैँ मनाउन घर आउँदा पुल नभएर समस्या भोग्नुपरेको बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ११ : ०४ बजे

‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’

काठमाडौं– विगत सात वर्षदेखि नेतृत्वको विवादमा पर्दै आएको नेपाल रेडक्रस

आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको

‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’

इस्लामावाद- इरान र अमेरिकालाई एकै टेबलमा राखेर वार्ता गराउन सफल

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन