दुई अर्धशतक र आदिलको उत्कृष्ट पुनरागमनसँगै नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि « Khabarhub

दुई अर्धशतक र आदिलको उत्कृष्ट पुनरागमनसँगै नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार दुई खेल जित्दै नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजसँगको युनिटी कप सिरिजको उपाधि हासिल गरेको छ । तीन खेल सम्मिलिन टी२० आई सिरिजको उपाधि नेपालले एक खेलअगावै जितेको हो ।

सोमबार यूएईको शारजाहमा भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको विशाल अन्तरले पारजित ग¥यो । त्यसअघि शनिबार भएको खेलमा पनि नेपाल १९ रनले विजयी भएको थियो ।

सोमबार टस जितेर नेपालले पहिलो ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन जोडेको थियो । नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय अविजित पारी खेले । ४७ बलको सामना गरेका उनले ८ चौका र २ छक्काको मद्दतमा ६८ रन बनाए ।

त्यसैगरी, सन्दिप जोराले पनि उत्कृष्ट ब्याटिङ गरे । ३९ बलको सामना गरेका उनले ३ चौका र ५ छक्का प्रहार गर्दै ६३ रन बनाए । त्यसबाहेक मोहम्मद आदिल आलमले ११ रन जोडेपनि अरु ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

धारिलो नेपाली बलिङसामु १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले पूरै २० ओभर पनि खेल्न सकेन । उसले १७ ओभर १ बलमा सबै विकेट गुमाउँदा केबल ८३ रन मात्र बनाउन सक्यो ।

लामो समयपछि नेपाली टिममा फर्केका आदिलको पुनरागमन उत्कृष्ट रह्यो । उनले वेस्ट इन्डिजका ४ जना ब्याटरलाई पभेलियन फर्काएका थिए । ४ ओभर बलिङ गरेका उनले केबल २४ रन खर्चिए ।

त्यस्तै, ब्याटिङमा चल्न नसकेका आपनर कुशल भुर्तेलले पनि तीन विकेट लिए । केबल २.१ ओभर बलिङ गरेका उनले १६ रन खर्चिए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी, करण केसी र ललीत राजवंशीले समान एक विकेट लिए ।

अब नेपालले मंगलबार सिरिजको तेस्रो तथा अन्तिम खेल शारजहामै खेल्नेछ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ११ : ५१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको