दुई अर्धशतक र आदिलको उत्कृष्ट पुनरागमनसँगै नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि « Khabarhub

दुई अर्धशतक र आदिलको उत्कृष्ट पुनरागमनसँगै नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार दुई खेल जित्दै नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजसँगको युनिटी कप सिरिजको उपाधि हासिल गरेको छ । तीन खेल सम्मिलिन टी२० आई सिरिजको उपाधि नेपालले एक खेलअगावै जितेको हो ।

सोमबार यूएईको शारजाहमा भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको विशाल अन्तरले पारजित ग¥यो । त्यसअघि शनिबार भएको खेलमा पनि नेपाल १९ रनले विजयी भएको थियो ।

सोमबार टस जितेर नेपालले पहिलो ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन जोडेको थियो । नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय अविजित पारी खेले । ४७ बलको सामना गरेका उनले ८ चौका र २ छक्काको मद्दतमा ६८ रन बनाए ।

त्यसैगरी, सन्दिप जोराले पनि उत्कृष्ट ब्याटिङ गरे । ३९ बलको सामना गरेका उनले ३ चौका र ५ छक्का प्रहार गर्दै ६३ रन बनाए । त्यसबाहेक मोहम्मद आदिल आलमले ११ रन जोडेपनि अरु ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

धारिलो नेपाली बलिङसामु १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले पूरै २० ओभर पनि खेल्न सकेन । उसले १७ ओभर १ बलमा सबै विकेट गुमाउँदा केबल ८३ रन मात्र बनाउन सक्यो ।

लामो समयपछि नेपाली टिममा फर्केका आदिलको पुनरागमन उत्कृष्ट रह्यो । उनले वेस्ट इन्डिजका ४ जना ब्याटरलाई पभेलियन फर्काएका थिए । ४ ओभर बलिङ गरेका उनले केबल २४ रन खर्चिए ।

त्यस्तै, ब्याटिङमा चल्न नसकेका आपनर कुशल भुर्तेलले पनि तीन विकेट लिए । केबल २.१ ओभर बलिङ गरेका उनले १६ रन खर्चिए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी, करण केसी र ललीत राजवंशीले समान एक विकेट लिए ।

अब नेपालले मंगलबार सिरिजको तेस्रो तथा अन्तिम खेल शारजहामै खेल्नेछ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ११ : ५१ बजे

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ