नगरकोट प्रहरी प्रभागको नयाँ भवन सञ्चालनमा | Khabarhub Khabarhub

नगरकोट प्रहरी प्रभागको नयाँ भवन सञ्चालनमा


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ । मङ्गलबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले सो भवनको उद्घाटन गरेका हुन् । साथै उनले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण गरेका छन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरीप्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक समेत भएको उल्लेख गरे ।

नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने उनले विश्वास व्यक्त गरे ।

प्रहरी महानिरीक्षक खापुङ्गले कानून कार्यान्वयन तथा समाजमा घट्ने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिमा अग्रपंक्तिमा रही सेवा प्रवाह गर्दै आएको नेपाल प्रहरीप्रति नागरिहरूको ठूलो आस्था र भरोसा रहेको चर्चा गरे । उनले सो भरोसालाई जीवन्त बनाई राख्न विगतका कमी कमजोरीको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सरकारको नियमित बजेटबाट कुल चार करोड ४६ लाख १८ हजार एक सय ९७ को लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : २३ बजे

अवरुद्ध चामे–खाङ्सार सडक सञ्चालन

मनाङ– सोमबारदेखि परेको हिमपातका कारण अवरुद्ध चामे–खाङ्सर सडक सञ्चालनमा आएको

पौडी खेल्ने क्रममा कालीगण्डकीमा एक जना बेपत्ता, एकको उद्धार

तानसेन– पाल्पा र स्याङ्जाको सिमानामा पर्ने राम्दीस्थित कालीगण्डकी नदीमा पौडी

सरकार र दलहरूलाई जेन-जीले भने – सुशासन र भ्रष्टाचारी विरुद्धको कारबाहीमा सँगसँगै काम गर्नुपर्छ

काठमाडौं– जेनजीहरूले सरकार र दलहरूसँगको छलफलमा आफ्नो मागहरू देशको सुशासन

अर्थसंक्षेप : २ सय मेगावाट विद्युत् खेर, वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात र ५.१७ अंकले घट्यो नेप्से

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा

सरोकारवालाको छलफल : जेन-जी आन्दोलन अब कता ?

काठमाडौं– जेन-जी आन्दोलनपश्चात् देशमा पैदा भएको परिस्थितिको विषयमा व्यवसायी, जेन-जी