जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा आज पेसी « Khabarhub

जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा आज पेसी


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध परेको रिटको पेसी आजका लागि तोकिएको छ ।

अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा अधिवक्ता ढकालले आयोगका पदाधिकारीको निष्पक्षतामाथि प्रश्न उठाउँदै तीनै जना पूर्वाग्रही र विषयवस्तुबारे तटस्थ नभएको दाबी गरेका छन् ।

रिटमा जिम्मेवारी सम्हाल्नुअघि नै पूर्वाग्रही धारणा राखिसकेको व्यक्तिले प्राकृतिक न्यायको सिद्धान्त अनुकुल काम गर्न नसक्ने जिकिर गरिएको छ ।

सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश कार्कीको संयोजकत्वमा जेनजी आन्दोलनको न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो । 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ५९ बजे

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा