जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा आज पेसी | Khabarhub Khabarhub

जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा आज पेसी


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध परेको रिटको पेसी आजका लागि तोकिएको छ ।

अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा अधिवक्ता ढकालले आयोगका पदाधिकारीको निष्पक्षतामाथि प्रश्न उठाउँदै तीनै जना पूर्वाग्रही र विषयवस्तुबारे तटस्थ नभएको दाबी गरेका छन् ।

रिटमा जिम्मेवारी सम्हाल्नुअघि नै पूर्वाग्रही धारणा राखिसकेको व्यक्तिले प्राकृतिक न्यायको सिद्धान्त अनुकुल काम गर्न नसक्ने जिकिर गरिएको छ ।

सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश कार्कीको संयोजकत्वमा जेनजी आन्दोलनको न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो । 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ५९ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति