देशको राष्ट्रिय सुरक्षा खतरामा छ : प्रदीप ज्ञवाली « Khabarhub

देशको राष्ट्रिय सुरक्षा खतरामा छ : प्रदीप ज्ञवाली


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

धरान— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एकीकृत समाजवादी (नेकपा एस)मा रहेका नेता कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गरेका छन् ।

एमाले जनसंगठन संयन्त्र, कोशीको आयोजनामा मंगलबार भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै  ज्ञवालीले एकीकृत समाजवादीलाई बस स्टप जस्तो बनाउन खोजेर माओवादीमा मिसाउने प्रयत्न भइरहेको बताए ।

नेकपा एस र माओवादीबीचको एकता हुन लागेको सन्दर्भमा नेता ज्ञवालीले नेकपा एसलाई बस स्टप जस्तो बनाएर माओवादीमा लैजान खोजिएको भन्दै व्यङ्ग्य गरेका छन् ।

उनले राष्ट्रहित र संवैधानिक व्यवस्था खतरामा परेको दाबी गरे । उनले लोकतन्त्र, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई कमजोर बनाउनका लागि अहिले षड्यन्त्र भइरहेको बताए ।

ज्ञवालीले जेनजीको नाममा देशमा विध्वंश सृजना गरि सार्वभौम सत्ता र राष्ट्रियतालाई खतरामा पार्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गरे । उनले भने, ‘हाम्रो भूमि प्रयोग गरेर छिमेकीलाई प्रयोग गर्ने प्रयत्न भइरहेको छ । हामी यस्ता प्रयासबाट होसियार हुनुपर्छ।’

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ८ : ४७ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क