नेत्रविक्रम चन्द ‘विप्लव’ भन्छन्– ‘चुनावी मोर्चामा डट्ने पहल गरेका छौँ’  « Khabarhub

नेत्रविक्रम चन्द ‘विप्लव’ भन्छन्– ‘चुनावी मोर्चामा डट्ने पहल गरेका छौँ’ 


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिष्कारको लेनिनवादी स्कुललाई बदलेर चुनावी मोर्चामा डट्ने पहल गरेको बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत यसलाई समग्र संघर्षको मोर्चाका रूपमा आत्मसात गर्दै पार्टीलाई दर्ता गर्ने र चुनावी मोर्चामा अघि बढ्ने पहल गरेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिष्कारको लेनिनवादी स्कुललाई बदलेर एकीकृत जनक्रान्तिको स्कुल अनुरूप समग्र संघर्षको मोर्चाका रूपमा आत्मसात गर्दै पार्टीलाई दर्ता गर्ने र चुनावी मोर्चामा डट्ने पहल गरेका छौँ।’

विप्लवले नयाँ स्कुल अनुरूप सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूसँग सहकार्य गर्दै देशको स्वाधीनता, नेपाली विशेषताको समाजवाद, जनताको विशेषतः युवाहरूको शिक्षा, रोजगारीका लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार मात्रै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितको टोलीले निर्वाचन आयोगमा गएर ‘कम्युनिष्ट पार्टी नेपाल’ नामको पार्टी दर्ताका लागि निवेदन दिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ११ : २२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल